Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेसुङ्गा टुडे पत्रिकाको गुल्मीमा कार्यालय स्थापना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, गुल्मी । गुल्मीको हरेक गतिविधीलाई केन्द्रमा राखेर काठमाण्डौबाट प्रकाशित हुँदै आएको रेसुङ्गा टुडे साप्ताहिक पत्रिकाको सम्पर्क कार्यालय विहिवार सदरमुकाम तम्घासमा स्थापना गरिएको छ ।

सम्पर्क कार्यालयको त्यस पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक गोविन्दबहादुर पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै पाण्डेले गुल्मीमा प्रिन्ट मिडियाको अभाव पुर्ति गर्न रेसुङ्गा टुडे साप्ताहिक पत्रिका  प्रकाशित गर्न सुरु गरिएको बताए । गुल्मीको व्यवस्थापकिय र समाचारको संयोजनको जिम्मेवारी उनि सहितको सम्पादक मण्डलले पत्रकार प्रेम सुनारलाई दिएको छ ।

सुनारले यहाँका अन्य पत्रकारहरु संग समन्व्य गरेर यहाँका हरेक विषय समेट्ने प्रयत्न गर्ने छन् । तम्घासको लाँकुरी मञ्चमा पत्रिकाको सम्पर्क कार्यालय रहने छ । सुनारका लागि  नियमित सम्र्पक व्यक्तिका रुपमा  रेमलाल बस्याल रहने छन् ।

पत्रिकाका प्रधान सम्पादक पाण्डे, कार्यकारी सम्पादक शिशिर सापकोटा र जिल्ला सम्वादाता सुनार सहितको वैठकले पत्रिकालाई जनमुखी बनाउनका लागि विभिन्न निर्णयहरु गरेको छ ।