२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द

२०७४, २१ पुष शुक्रबार ०४:३४

पुस २१, सप्तरी । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । 

राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ । 

खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

साथै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाडोबाट उत्पन्न हुने रोगका बिरामीको उपचारका लागि अत्यधिक आउने गरेको पाइएको छ ।

त्यसैगरी सप्तरीका स्वास्थ्य चौकीमा पनि निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोगका बिरामी आउने गरेको सकरपुरास्थित स्वास्थ्य चौकीबाट बुझिएको छ । 

सामुदायिक विद्यालय बन्द 

यसैबीच, विगत चार दिनदेखि अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर भएपछि सप्तरीका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । 

जिल्ला शिक्षा कार्यालयका अनुसार निरन्तरको शीतलहरले अत्यधिक चिसो बढेपछि बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय बन्द गर्नुपरेको हो । ती विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले राससलाई बताउनुभयो । 

चिसोकै कारण कतिपय विद्यालयमा विद्यार्थी आउनेक्रम घटेपछि बाध्य भएर विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । 

सप्तरी जिल्लामा ४१२ वटा सामुदायिक विद्यालय रहेका छन् । यता जिल्लाका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिए पनि निजी विद्यालय भने सञ्चालनमा नै रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते