2026-09-02 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

समिता नेपालीको मृत्यु घटना थप रहश्यमय,

प्रेम सुनार | पुस २१, गुल्मी | केहिदिन अघि अर्घाखाँचीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षिया समिता नेपालीको मृत्यु घटना थप रहश्यमय बनेको छ । पुस–६ गते  विहिवार राजधानीको ललितपुरबाट हिडेकी नेपाली पुस–८ विहान  साढे ९ वजेको समयमा अर्घाखाँचीको भुमिका स्थान नगरपालिका वडा नम्वर १० को चेरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोका अगाडी झुडिएको अवस्थामा फेला परेकी थिईन् ।

उनका पिता विष्णु नेपालीका अनुसार कसैले हत्या गरेको आधारहरु प्रशस्त हुँदाहुँदै पनि प्रहरीले वेवास्ता  गर्दै आएको छ । वावु नेपालीले भने–‘छोरीको मोवाईलको कल रेकर्ड र फेसवुक च्याटमा उनले शुक्रबार अघिल्लो दिन ललितपुरमा  एउटी साथीसंग च्याटमा कुराकानी गरेकी छन् । त्यसमा उनकी साथीले तिम्रो लभर छ कि छैन ? भनेर सोधेकी छन् । उनले छ भनेकी छन् । को हो त यी चार मध्ये ? भनेर फोटो सहित उनले पठाएकी छन् । यताबाट समिताले यो विचको कोरियन टिशर्ट लगाउने हो भनेर भनेकी छन् । तिनै युवासंग अर्को दिन कुरा समेत भएको कल रेकर्डले देखाएको हामीले सुनेका छौं । तर पनि जिल्ला प्रहरी कार्यालयले हामी अनुसन्धान गर्दैछौं भन्दै टार्दै आईरहेको छ । त्यो कुराकानीसंग सम्वन्धित व्यक्तिहरुलाई वोलाउँदै सोध्धै पठाउँदै गरेको भएपनि निष्पक्ष छानविन होला भन्ने आशा हराएको छ । हामीले गुहार नपाउने भयौं सञ्चार माध्यमले प्रहरीलाई घचघचाई दिनु पर्यो ।’

यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एकनारायण कोईरालासँग सम्पर्क राख्दा उनले केहि व्यक्तिहरुलाई वोलाएर सोधपुछ गर्ने काम भईरहेको र स्वतन्त्र रुपमा अनुसन्धान चलिरहेको बताए । समिताका परिवारजनले गत वर्ष छोरी समितिको वलात्कार भए पछि आफुहरु असुरक्षित हुँदै आएको र पछिल्लो यस घटनाबाट थप त्रसित भएर बस्नु परेको बताएका छन् । अर्घाखाँचीका वासीन्दाले यस्ता घटनालाई यहाँको प्रहरीले खासै वास्ता नगर्ने गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली