२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा: चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने

२०७४, २२ पुष शनिबार १०:३०

पूर्णप्रसाद न्यौपाने/पुस २२, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने भएको छ । 

कर्मचारीको काम चोर प्रवृति अन्त्य गर्ने उद्धेश्यले पालिकाले विद्युतीय हाजिरी लागु गर्ने भएको हो । पालिका भित्रका सबै विद्यालय,स्वास्थ्य संस्था,वडा कार्यालय लगायत गाउँपालिका समेतका कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्नुपर्ने गाउँकार्यपालिकाले निर्णय गरेको चिशंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो । 

सबै आवश्यक ठाउँहरुमा विद्युतीय हाजिर मेसिन जडानको प्रक्रिया सुरु भईसकेको जनाईएको छ । पालिका भित्रका कर्मचारीलाई तलब समेत विद्युतीय हाजिरलाई नै आधारमानेर निकासा गरिने पालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । 

यो अभ्यासले कर्मचारीहरुलाई आफ्नो काम प्रति जिम्मेवार बनाउने र समयमा कार्यालयमा उपस्थित नहुने गुनासोको समेत अन्त्य हुने उहाँको भनाई छ । ओखलढुंगामा पछिल्लो समय विद्युतीय हाजिर मेसिनको प्रयोग बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते