२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा नगरपालिकामा कर्मचारी नियुक्ती प्रकृयाको जनप्रतिनिधीहरुको विरोध

२०७४, २३ पुष आईतवार १३:२९

प्रेम सुनार | पुस २३, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको जनस्वाथ्य शाखाले एक जना कार्यालय सहयोगी र अर्को एक जना अनमी पदका लागि अगाडी बढाएको नियुक्ति प्रकृया कर्मचारी मुखी भएको भन्दै जनप्रतिनिधीहरुले विरोध जनाएका छन् । सो शाखा अन्तरगत सिमीचौर स्वास्थ्य केन्द्रको वर्थिङ्ग सेन्टरका लागि एक जना अनमी र शोही शाखा लागि एक जना कार्यालय सहयोगी  छनौटका लागि दरखस्त आह्वान पुर्व जनप्रतिनिधीहरु संग परामर्श नगरेको  र दरखास्त अहनको सुचना समेत वडा स्तर सम्म नपुराएको भन्दै  त्यस नगरपालिकाका कांग्रेस निकट वडाध्यक्ष र सदस्यहरुले विरोध जनाएका हुन् । 

  उक्त छनौट प्रकृयाका लागि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालद्धारा हस्ताक्षरित दरखास्त आाह्वानको सुचना पुस ९ गते टाँस गरिएको छ । यस सम्वन्धमा त्यस नगरपालिकाका सहायक प्रशासकिय अधिकृत सुरेश पन्थीले नगरपालिका भित्रको वजेट बाट तलव खुवाउन नपर्ने गरी स्वास्थ्य विभागबाट स–सर्त अनुदानमा ६ महिने कारार सेवा भएकोले  नगरकार्य समितिबाट पारित गराउन नपर्ने जिकिर गरे । 

  मेयर डिल्लीराज भुसाल , उपमेयर सिता भण्डारी र प्रमुख प्रशासकिय अधिकृत अर्याल समेत नभएकोले सहायक प्रशासकिय अधिकृत पन्थी  त्यस नगर जनस्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद पन्थी संग जनप्रतिनिधीहरुले आज विरोध  जनाएका हुन् । अन्तरवार्त लिनु अघि नै यो विधी–प्रृकृया मिचेर गरिदै छ भनेर आफुहरुले यस अघि नै रोक्न लगाउदा पनि कर्मचारीहरुले त्यसको वेवास्ता गरी अन्तरवार्ता लिए छनौट गरिएका उमेदवारहरुको नाम टाँस गरेकोमा आफुहरुको अपत्ती रहेको त्यस नगरपालिकाका मानव शंसाधन क्षमता विकास समितिका संयोजक तथा वडाध्यक्ष  थम्मन केसले बताए  ।

   उनले भने–‘नगरसमितिको विषयगत समितिले कार्यपालिकामा उक्त विषय लैजानु पर्ने उसले पारित गरेपछि मात्र दरखास्त आह्वानको सुचना जानु पर्ने थियो तर कर्मचारीहरुले जनप्रतिनिधीहरुलाई वाईस गरिनुले सवै अधिकार प्राप्त स्थानिय सरकार संग समेत कर्मचारीतन्त्र हावि भएकोृ हामीलाइ महशुस भएको छ ।’ अर्का वडाध्यक्ष भरत भलामीले  पनि कर्मचारी नियुक्तिमा सामान्य एउटा सुचनाको हक समेत कर्मचारीले लुकाएर चोरबाट हुँदै नियुक्ति प्रकृया अगाडी बढाएका छन जसलाई नरोके आफुहरु  जस्तो सुकै कदम अगाडी बढाउन पछि नपर्ने बताए ।

   उनले भने–‘कमकमसे कम वडा कार्यालयहरु सम्म त्यो सुचना पुराईनु पर्दथ्यो त्यसो नगरी पालिकाको कार्यालयमा मात्र टाँस गर्नु भनेको जनप्रतिनीधीहरु कोही होईनन भनेर वेवास्ता गरिनु हो ।’ जनस्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद पन्थीले हिजो देखि जिल्ला जनस्वाथ्य कार्यालयले जुन विधी–प्रकृयाबाट छनौट  गरेको थियो त्यही प्रकृयाबाट गरेको दावी गरे । उनले भने–‘ हामीले जिल्ला प्रशासन, जिल्ला समन्व्य समिति , कोलेनिकामा जानकारी दिन्थ्यौं, सुचना टाँस गर्दथ्यौं, त्यही पुरानै अभ्यास अनुसार गरेका हौं,  तर हामीले वडा कार्यालय सम्म सुचना पुराउनु पर्ने रहे छ त्यसमा भने हाम्रो कम्जोरी भएको महशुस गरेका छौं ।’ 

  जनप्रतिनीधीहरुले नियुक्ति तत्काल रोक्न र कार्य समितको बैठकमा लैजान दवाद दिई रहेका छन् । यस सम्वन्धमा सहायक प्रशासकिय अधिकृत पन्थीले नियुक्ति ढिलाई हुँदा आएको पैसा फिर्ता हुने र उता सिमिचौर स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टरमा सुत्केरी महिलाहरुले सेवा नपाउने भएकोले यसको जिम्मा कसले   लिने भन्ने प्रति प्रश्न गरे । 

अब पनि पुरानै ब्यबहार नगर्ने कि ? 

 यस अघि  जनप्रतिनिधी विहिन स्थानिय निकायताका त्यही विधी र प्रकृया अनुसार नियुक्ति गरिने भए पनि   अबका दिनमा समेत यस्ता विषयमा कर्मचारी  सर्वेसर्वा हुन हो भने सवै अधिकार प्राप्त भनिएका जनप्रतिनीधीहरु निरही हुने देखिन्छ ।  त्यस्तै पालिकाको मातहतमा  विभिन्न सरकारी कार्यालयहरु रहेकै हुन भने  विषयगत समिति उनिहरुका विभागिय मन्त्रालय सरह मानिनु पर्छ । तर स्वास्थ्य शाखाले उसको विभाग मानिएको सामाजिक विकास समिति र कर्मचारीतन्त्र हेर्ने मानव शंसाधन क्षमता विकास समितिलाई जानकारी समेत नगराएको पाईएको छ  । 

अहिले यो सानो विषय भए पनि भोलीका दिनमा  अलि ठुला विषयहरुमा पनि जनप्रतिनिधीहरुको भन्दा कर्मचारी कै बढि हात रहने संस्कारको विकास हुँदै जान सक्छ । हिजो केन्द्रिकृत सरकारमा मन्त्रीको भन्दा सचिवहरुको हात भएकै विरुद्ध जनताले आवाज उठाएर आज यो स्थानिय सरकार बनाएका हुन् ।  यसर्थ जनता सर्वेसर्वा बनाउन जनप्रतिनिधीहरुलाई नै शक्तिशाली बनाउनु पर्ने देखिन्छ । अब पनि कालिन्दारी दायरा बाहेक नियुक्ति जस्ता विषयहरुमा कर्मचारीतन्त्र पहिले जस्तै हावी हुन नखोज्ने कि ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा