१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा चिसोबाट थप एकको मृत्यु

२८ पुष २०७४, शुक्रबार ११:५३

 पुस २८ सप्तरी | सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ । 

स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ । 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा चिसाबाट मृत्यु हुने २४ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले भने हालसम्म मृत्यु हुने १२ जना मात्र पुष्टि गरेको छ । 

टिपर र बस जुध्दा १६ घाइते 

पूर्वपश्चिम राजमार्गअन्तर्गतसुरुङ्गा नगरपालिका–४ स्थित कदमहामा आज बिहान १० बजे टिपर र बस ठोक्किँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिटातर्फ जाँदै गरेको मे १ ख १९९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ५८१८ नंको टिपर बाक्लो हुस्सुका कारण ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

घाइते सबैलाई लहानस्थित सप्तऋषि अस्पताल लहानमा उपचारका लागि पठाइएको र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने