पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३ र ४ , साविकको बडागाउँमा रहेको साना किशान कृषि सहकारी संस्था लिमिटेडको आज १२ औं साधरण सभा सम्पन्न भएको छ ।

सभाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्वोधन गर्दै मेयर सापकोटाले साना किशान कृषि सहकारी संस्था बडागाउँको स्थापना संगै त्यहाँका गरिव किशानहरुले राहत पाउँदै आएको र कृषि उत्पादनमा प्रोत्साहन भएको धारणा राखेक थिए ।

सापकोटाले उक्त संस्थालाई नगरपालिकाले आगममी दिनमा थप जनमुखी बनाउने उद्घोष गरेका थिए । कार्यक्रमका अन्य बक्ताहरुले त्यस सहकारी संस्थामा ऋण लिएका ऋणिहरुलाई माओवादी अध्यक्ष प्रचण्ड सरकारको पालामा ऋण मिनाहा गरी दिएकोले कृषकहरुलाइए ठुलो राहत प्रदान भए संगै ब्यापक जनताको सहभागिता बढेको बताएका थिए ।

वार्षिक साधरण सभामा त्यस सहकारी संस्थाका लेखा संयोजक वावुराम शर्माले् ९४ लाख ५७ हजार ६ सय ४१ रुपैयाँ वार्षिक आम्दानी र ६६ लाख ५० हजार ५ सय ४८ रुपैयाँ खर्च आय ब्याय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हाँस्य व्याङ्ग कलाकार पुर्खेबा लगायतले मनोरञ्जन प्रदान समेत गरेका थिए । कार्यक्रममा मुसिकोट ३ का वडाध्यक्ष कर्णध्वज जिसी लगायतका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी , शिक्षक बुद्धिजिवीहरुले पनि मन्तवय राखेका थिए ।

२०६१ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा हालका दुई वडा , साविकको बडागाउँ गाविसका कुल १ हजा १० जना शेयर सदस्य रहेका छन् । साना किशान कृषि सहकारी संस्था बडागाउँका अध्यक्ष हरिप्रसाद छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य गुप्तबहादुर कार्कीको स्वागत मन्तप्य र विवेक पेमी मगरको सञ्चालन रहेको थियो ।