2026-08-26 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाको कटुन्जे पूर्ण सरसफाई उन्मुख वडा बन्यो

माघ २, ओखलढुंगा । ओखलढुंगाको कटुन्जेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । 

सरसर्फाइका सात सुचांङक पुरा गरेपछि साविकको कटुन्जे गाविस हालको सुनकोशी गाउँपालिका ९ र १० नम्बर वडालाई मंगलबार एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ कटुन्जेलाई पूर्ण सरसफाई वडा घोषणा गरिएकोे हो । वडा अध्यक्ष अध्यक्ष झनक कुमार कार्कीको अध्यक्षता तथा भूपु गाविस अध्यक्ष टंकलाल गिरीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमको बिच वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । 

वडा भित्रका ९ सय ७१ घरधुरी मध्ये ७ सय ९१ स्वास्थ्य घर, १ सय ८८ घर स्वास्थ्य उन्मुख घर र २ घर अस्वास्थ्य घरधुरीको रुपमा छुट्याएर सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

प्रमुख आतिथी भूपु गाविस अध्यक्ष गिरीले सरसफाई मानिसको दैनिक जीवनमा आवश्यक पर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । वडा भित्रका सबै गाउँबस्ति र घरघरमा सरसफाईको सुचक पुरा भएको सुनिश्चित भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको वडा अध्यक्ष कार्कीको भनाई छ ।

समुदायको आवश्यकता र समयको मागका आधारमा वडाले अघि बढाएका योजनाहरु अनुरुप कामहरु निरञ्तर गर्ने कटुञ्जेका जनप्रतिनिधिहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जिल्लामा यस अघि चिशंखुगढीको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’