२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा खोटो संकलन कार्यले वन विनाश भयो

८ माघ २०७४, सोमबार ०७:०९

धनबहादुर भण्डारी / डडेल्धुरा ८, माघ | लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई राक लगाउने अभियान नै थालिएको छ । 

चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् । ४० वर्षदेखि एउटै रुखबाट निरन्तर खोटो संकलन गर्दा डडेल्धुराका सल्लेरी वन सुक्न थालेका हुन् । सल्लेरी वन जोगाउन खोटो संकलन कार्य रोक्नु पर्ने वनकर्मीले सामुदायिक वनलाई सुझाव दिएको छ । 

डडेल्धुरामा खोटो संकलन हुने वनको क्षेत्रफल ३० हजार हेक्टर रहेको जिल्ला वन कार्यालयले जनाएको छ । हालसम्म डडेल्धुराको सल्लेरी वनमा भवानी केमिकल्स प्रालि, दिव्या रोजिन एण्ड टर्पेन्टाइन प्रालि, माउण्ट रोजिन एण्ड टर्पेन्टाइन प्रालि र हिमचुली रोजिन एण्ड हर्वल प्रालिले खोटो संकलन कार्य गर्दै आइरहेका छन् । खोटो संकलन कार्यले सल्लेरी वन विनाश हुन थालेपछि सो कार्यलाई रोक्न वन उपभोक्ता समितिलाई जिल्ला वन कार्यालयले निर्देशन दिएको छ । 

डडेल्धुरामा चारवटा खोटो संकलन कम्पनीले काम गरिरहेका भए पनि वन निर्देशिका विपरीत खोटो संकलन गर्ने कार्य भएकाले सल्लेरी वनको अवस्था नाजुक भएको वन कर्मचारीको भनाइ रहेको छ । 

खोटो संकलन कार्यविधि, २०६४ अनुसार खोटो संकलनकर्ताले मापदण्ड र सम्झौताअनुसार खोटो संकलन नगर्दा सल्लाको वन नासिने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडाशैनीले जानकारी गराउनुभयो । 

डडेल्धुरामा हालसम्म ४७३ सामुदायिक वन, धार्मिक वन, तीन निजी र १६७ वटा कबुलियती वन रहेका छन् । जसमध्ये ३० हजार हेक्टर क्षेत्रमा सल्लाको वन रहेको छ । 

जथाभावी खोटो संकलन गर्दा जिल्लाका अधिकांश सल्लेरी वनका रुख सुकिसकेका छन् भने केही रुख सुक्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन गर्दा सल्लाका रुखमा रिल लगाउनका लागि खाली ठाउँ नहुँदासम्म पनि खोटो संकलन कार्यलाई भने निरन्तरता दिएको पाइन्छ । 

खोटो संकलनले केही उपभोक्ताबाहेक वन उपभोक्ता समिति र अन्यलाई खासै फाइदा नहुने र वनमात्रै विनाश भइरहेको भागेश्वर गाउँपालिका रुपालका भीमबहादुर बोहराले बताउनुभयो । खोटो संकलन कार्यले सल्लाको वन नासिन थालेपछि उपभोक्ता चिन्तित बनेका छन् । 

लामो समयसम्म खोटो संकलन भइरहेका रुखको अवस्था हेरेर खोटो संकलन बन्द गर्नु पर्ने भए पनि डडेल्धुरा जिल्लामा त्यसो नगरिएको पाइएको छ । अब भने वन विनाश हुनबाट रोक्नका लागि खोटो संकलन कार्यलाई बन्द गरिने र वन उपभोक्तालाई अन्य आयमूलक कार्यमा लगाइने वनकर्मीको भनाइ रहेको छ । 

लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन हुँदा डडेल्धुराका ७५ प्रतिशत सल्लेरी वन विनाश हुने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुरा जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले जानकारी गराउनुभयो । लामो अवधिसम्म एउटै रुखबाट खोटो झिक्ने कार्यलाई तुरन्तै बन्द गरिने अधिकृत भण्डारीले जानकारी गराउनुभयो । 

खोटो संकलन उद्योगले खोटो संकलन निर्देशिकाको पालनासमेत गरेका छैनन् वन अधिकारकर्मीले जानकारी गराउनुभयो । एउटा रुखमा दुई वा दुईभन्दा बढी पिघ लगाउने, रुखको वरिपरि सरसफाइ नगर्ने, माउ रुखबाट समेत खोटो संकलन गर्ने गरेको गोरिल सामुदायिक वनका उपभोक्ताले जानकारी गराउनुभयो । 

पुरानो घाउलाई पोत्नु पर्ने र वृक्षरोपण कार्य पनि गर्नुपर्ने भए पनि कुनै कार्य नगरेको र गमलासमेत रुखमा नै भेटिने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । 

डडेल्धुरा जिल्लाका धेरैजसो वनमा दिव्यारोजिन एण्ड टर्पेन्टाइन र भवानी केमिकल्स प्रालिले लामो समयदेखि खोटो संकलन गरिरहेका छन् । जिल्लाबाट वर्षेनी चार हजार मेट्रिक टन खोटो संकलन हुने गरेका छ । 

सुदूरपश्चिमका डडेल्धुरासहित डोटी, अछाम, बैतडी, बझाङमा विभिन्न कम्पनीले खोटो संकलन गरिरहेका छन् । संकलित खोटो सडक कालोपत्र गर्ने कार्यमा प्रयोग गरिन्छ । 

खोटो संकलन गरिसकेको रुखको घाउलाई पोत्नुपर्ने भए पनि त्यसो गरेको भने पाइएको छैन । रुखमा लागेको घाउलाई नपोत्दा रुख नै सुकेर जाने गरेको सल्लेरी वनमा देख्न पाइन्छ । जथाभावी रिल लगाउन नपाउने भए पनि खोटो संकलकले आफ्नो फाइदाका लागि जथाभावी रुखमा खोप्ने र खोटो निकाल्ने गर्नाले रुख सुकेर जानुका साथै वन नै सखाप हुने अमरगढीका यज्ञराज जोशीले बताउनुभयो । 

वनका उपभोक्ता र जिल्ला वन डडेल्धुराका सहायक वन अधिकृत, वन हेरालुका साथै सर्वसाधारणलाई सल्लेरी वन नासिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

सीमित व्यक्ति र कम्पनीका स्वार्थका कारण डडेल्धुराका अधिकांश सल्लेरी वन सखाप हुने भएकाले सल्लेरी वन जोगाउनका लागि खोटो संकलन कार्यलाई रोक्नु पर्ने वा व्यवस्थित गरिनु पर्ने सर्वसाधारणको बुझाइ रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो