२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विस्थापित भएको डेढ दशक वितिसक्दा पनि आरक्ष पीडितको अवस्था उस्तै

२०७४, ८ माघ सोमबार १०:५६

माघ ८, कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडित विस्थापित भएको डेढ दशक बढि वितिसक्दा पनि उनीहरुको अझैपनि पुर्नस्थापना हुन सकेको छैन् । 

सरकारबाट उचित पहल कदम नलिदा आरक्षपीडितको पुर्नस्थापना हुन नसकेको हो ।  विस २०५८ सालमा तत्तकालिन शुक्लाफाँटा बन्यजन्तु आरक्षबाट विस्थापित गराएका पीडितको अझैसम्म पनि पुर्नस्थापना हुन नसक्दा उनीहरु नरर्किय जीवन विताउन बाध्य भएका छन् । न कुनै प्रकृति, न विपत्ती सरकारले नै विस्थापित गरेर आफुहरुको विचल्ली बनाएको पीडितले दुखेसो गर्दै आएका छन् । 

विस्थापित गराएदेखि उनीहरु त्रिपालमुनी रात काट्न बाध्य भएका छन् । बर्षामा न पानी हिउँदमा न न्यानो झुपडी बनाएर कञ्चनपुरका विभिन्न शिबिरमा पीडितहरुले रातदिन काटिरहेका छन् । विस्थापित भएको ६ बर्षमा कञ्चनपुरको लालझाँडी गाउँपालिका–६ ढक्का चाँन्देवमा बस्दै आएका आरक्ष पीडितले बार्षिकी बनाएका छन् । आरक्ष पीडित जिल्ला संघर्ष समितिको आयोजनामा पीडितले १६ बर्षसम्म कतिन्जेल तनावै तनावबाट बाँच्ने भन्दै उनीहरुले ढक्कामा बार्षिर्की मनाएका हुन् । 

 विस २०६४ सालमा आरक्ष विस्थापित उक्त स्थानमा आफै बसेका थिए । ‘आफ्नै जमिन आफै अमिन’ भन्दै आरक्ष पीडित ढक्कामा बस्दै आएको १० बर्ष पुगको छ । माघ ८ गतेकै दिन ढक्का शिबिरमा बसेको सम्झनामा पीडितले दुःख सुःख साटेका छन् । 

आरक्षपीडितले केन्द्रीय सरकारले पीडितलाई धान समेत चुट्न नदिएर अमानविय व्यवहार गरेको समेत दुखेसो पोखेका छन् । पटक पटकका निर्वाचनमा नेताहरुले समेत पीडितलाई ढाट्दै आएको गुनासो पोखेका छन् । 

कार्यक्रममा आरक्षपीडितले केन्द्रीय सरकारले आफ्नो पुर्नस्थापना नगरेको भन्दै अब प्रदेश र स्थानीय सरकारले गर्नुपर्नेमा जोडदार माग अघि सारेका छन् । ‘केन्द्रीय सरकारबाट हामीहरुको पुर्नस्थापनाको साटो उल्टै केही व्यक्तिका लागि भत्ताखाने भाँडो बनेको थियो, ‘आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले भने, ‘अब स्थानीय र प्रदेश सरकार आएको छ, यि दुवै सरकार मिलेर हाम्रो समस्या समाधान गर्नुपर्छ ।’

स्थानीय तह र प्रदेश सरकारले आरक्षपीडितको पीडा बुझेर समस्या समाधान गर्नुपर्नेमा पीडितले आशा व्यक्त गरेका छन् । गत असार १४ मा स्थानीय र मंसिर २१ गते सम्पन्न भएको स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले आवश्वासन दिएका कारण पनि पीडितले पुर्नस्थापना हुने विश्वास लिएका छन् । आरक्षपीडितको समस्या समाधानका लागी २४ औँ आयोगले प्रमाणीकरण गरेका २ हजार ४७३ परिकार प्रमाणित गरेको थियो । 

 आरक्षपीडित जनक जोशीले सरकारले आरक्षको जमिन भन्दै हामीलाई संकटकालमा उठायो, तर हाल सम्म पनि पुर्नस्थापना गर्नमा ध्यान नदिएको गुनासो पोखे । ‘पटक पटक आन्दोलन समेत ग¥यौ, तर कुनै सुनुवाई भएन, ‘उनले भने, ‘अब पनि समस्या समाधान नभए पुनः आन्दोलन गछौँ ।’ 

आरक्षपीडितका लागी बनाईका आयोगले कुनै काम नगरेको पिडित जोशीको भनाई छ । २८ औँ आयोग बनिसक्दा पनि वास्तविक आरक्षपिडितका लागी कुनै पहल भएको र आयोगका कर्मचारी पाल्ने भाडो भएको उनको बुझाई छ । 

अर्का आरक्षपीडित करन चौधरीले  शिविरमा बस्दा बस्दै १६ वर्ष वितिसक्यो तर हाम्रो समस्या सामाधानका लागी सरकारले कुनै चासो नदेखाएको बताए । ‘दुई छाक टार्न धौउधौउ र शिविरमा स्वास्थ्य शिक्षा खानेपानी लगायतका सेवा पुग्न सकेको छैन्, ‘दैनिक छा छार्नका समस्या भएको छ ।’ राज्यले सौतेली व्यवहार गरेको उनको ठहर छ । शिविरमा विद्यालय नहुदाँ पिडितका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन । 

माग गर्दा समेत सरकारले विद्यालय कोटा नदिएपछि आरक्षपिडितका बालबालिका घरमै बस्न बाध्य छन । शिक्षाबाट वञ्चित बालबालिका नराम्रो काममा लाग्ने गरेको मिश्रको दावि छ । 

गाँस, बाँस, कपासको समस्या संगै आरक्ष शिविरमा खानेपानिको समस्या पनि यथावत नै छ । शुद्ध खानेपानी नहुदाँ आरक्ष पिडितका बालबालिका विरामी हुने गर्दछन । हरेक कोणबाट आरक्षपीडितको दैनिक कष्टकर बन्दै गएको पीडितको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी