2026-07-25 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहट जयनगरमा फर्निचर मेला

माघ ९, रौतहट | गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग जयनगर चोकमा फर्निचर मेला शुरु भएको छ । 

नेपाल विश्वकर्मा लोहार संघ जयनगरको आयोजनामा श्रीपञ्चमीको अवसरमा एक महिने फर्निचर मेला शुरु भएको हो । मेलामा एकसय भन्दा बढी लोहार समुदायका मिस्त्रीले फर्निचर पसलको कक्ष राखेका छन् । 

बारा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय गाउँबाट आएका मिस्त्रीले केही सामग्री मेलास्थलमै निर्माण गर्दछन् भने केही घरबाट निर्माण गरेर ल्याउने गरेका छन् । फर्निचर मेलामा काठका कुर्सी, टेबुल, दराज, बेन्च र खाट बिक्री भइरहेको मेला समितिका उपाध्यक्ष योगेन्द्र ठाकुर लोहारले बताउनुभयो । 

त्यसैगरी फलामको बञ्चरो, खुकुरी, चुपी, खुर्पी, हँसियालगायत विभिन्न औजार ग्राहकको अगाडी नै तयार गरेर बिक्री भइरहेको उहाँले बताउनुभयो । श्रीपञ्चमीदेखि शुरु भई अगामी शिवरात्रीसम्म लाग्ने सो मेलामा सोमबार रु २० लाखभन्दा बढीको कारोबार भएको लोहारले बताउनुभयो । 

गतवर्ष करिब रु चार करोडको कारोबार भएको उपाध्यक्ष ठाकुरले बताउनुभयो । यस पटक फर्निचर मेलामा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । सदरमुकाम गौरबाट करिब २२ किलोमिटर उतरमा सो मेला आयोजना गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक