2026-09-02 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबि बैंकले दियो १ लाखको खातावालालाई ५ लाख राहत

प्रेम सुनार/माघ ११, गुल्मी । केहि महिना अघि सडक दुर्घटनमा परी मृत्यु भएका गुल्मीका एक जना व्यक्तिाका परिवारलाई एनएमबि बैंक गुल्मी शाखाले मृतकको खातामा रहेको १ लाख रुपैयाँको ५ गुना  बढि रकम अर्थात ५ लाख रुपैयाँ उनका परिवारजनलाई प्रदान गरेको छ । 

गत कार्तिक ७ गते रेसुङ्गा नगरपालिकाकै भंगेरी भन्ने स्थानमा सडक दुर्घटनामा परी मृत्यु भएका सोही नगरपालिका वडा नम्वर ३  भाडगाउँका वावुराम पन्थीका परिवारजनलाई सो वैंकका क्षेत्रिय प्रमुख डिविल विक्रम शाहले रु ५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।  पन्थी १८ वर्ष देखि तम्घासको अजुर्न आवसीय माध्यामिक विद्यालयमा लेखा अधिकृतका रुपमा कार्यरत थिए ।

 उनले एनएमबि बैंकको ग्राहक सुविधा कार्यक्रम अन्तरगत १ लाख रुपैयाँको कर्मचारी बचत खाता खोलेका थिए । उक्त खाता खोल्दा सो बैंकले मृत्यु भएमा बचत रकमको पाँच गुना बढि दिने गरे अनुसार मृतक पन्थीका परिवारजनलाई त्यसको पाँच गुना रकम राहत प्रदान गरिएको सो बैंकका गुल्मी शाखा प्रबन्धक भुवन पाण्डेले बताए । 

उक्त रकमको चेक एनएमबि बैकका क्षेत्रिय प्रमुख डिबिल विक्रम शाहले अजुन आवसिय माध्यामिक  विद्यालयमा  पुगेर मृतककी श्रीमति पवित्रा पन्थीलाई हस्तान्तरण गरेका थिए ।  

सो बैंकले यस्तो राहत कार्यक्रमका अलवा सरल बचत खाता,  ५.५ प्रतिशत व्याज, मोवाईल र ईन्टरनेट सुविधा, ५ हजार वराररको खाता खोल्नेलाई चाँदीको सिक्का उपहार , सुन्य मौजायातमा खाता खोल्ने र ५ लाख बराबरको दुर्घटना विमा जस्ता ग्राहक सुविधाहरु   प्रदान गर्दै आएको छ । 

रकम हस्तान्तरण गर्दै शाखा प्रमुख पाण्डेले परिवारजनको वियोगको घाउमा मलम लगाउने प्रयास स्वरुप उक्त राहत प्रदान गरिएको बताए । 

क्षेत्रिय प्रमुख शाहले पनि सोही धारणा दोहराएका थिए । १८ वर्ष सम्म पन्थी संगै काम गरेका अजुर्न आवसिय माध्यामिक विद्यालयका प्रिन्सिपल सुर्य उपाध्याले पन्थीलाई गुमाउँदाको पिडा व्यक्त गर्ने क्रममा गला अवरुद्ध पार्दै सो बैंकलाई धन्यवाद दिए ।

पन्थीकी श्रीमतिले पनि गला अवरुद्ध पार्दै बैंक प्रति कृतज्ञता जाहेर गरिन ।  संयोग दुर्घटनामा परी मृत्यु हुनको एक महिना अघि मात्र  पन्थीले उक्त शिर्षकको खाता खोलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली