2026-08-26 04:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

शिक्षण अस्पतालमा उपचारार्थ शान्तालाई पुनः सहयोग

माघ १६, भोजपुर | ‘भोजपुर हातेमालो समाज युएई’ले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८, गोगनेकी शान्ता राईलाई थप रकम रु १८ हजार ५०० सहयोग गरेको छ । 

समाजले संकलन गरेको रकम काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराइरहेकी शान्ता राईलाई पुनः सहयोग रकम हस्तान्तरण गरेको हो । समाजले यसअघि पनि रु ४० हजार रकम हस्तान्तरण गरेको थियो । राईको परिवार गोगनेमा जन्मभई हाल धरानमा अस्थायीरुपमा बस्दै आएका छन् । 

वैदेशिक रोजगारका क्रममा तीन वर्षअघि इराक पुगेकी राईलाई घरेलु कामदार बनाएर मालिकले शारीरिक यातना दिँदा चिन्ताजनक रुपमा नेपाल फर्काइएको थियो । 

मालिकको यातनाका कारण गम्भीर घाइते अवस्थामा नेपाल आएकी राईको ढाड र दुवै खुट्टामा समस्या देखिएको थियो । हाल ढाड र दुवै खुट्टामा गम्भीर समस्या देखिएको उनको धरानमा दुई हप्ता उपचार पछि काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

आर्थिक समस्याका कारण जीविकोपार्जनका लागि विदेशिएकी राई यातनाका कारण जटिल समस्यामा परेकाले उनको उपचारको लागि युएई समाजले रकम सहयोग गर्ने निर्णय गरेको समाजका महासचिव तीर्थ योन्जनले जानकारी दिनुभयो । कूल रु ५८ हजार ५०० रकम सहयोग गरिसकेको सो समाजले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ