2026-07-03 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना छनौट

चिसाङ शेर्पा | माघ १७, खोटाङ | बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना नव गायक तथा गायिका छनौटमा परेका छन् । मल्टिराउण्ड अडिसन पार गरेका २९ जना प्रर्तिस्पर्धीहरुलाई मंगलवार दिक्तेलस्थित समिक्षालय हलमा लोक आधुनिक गीत गाउन लगाएर लोकपप राउण्डका लागि अगाडी ल्याइएको हो । १२ जना बाहिरीएका छन् ।  

‘गला र संगीतको पहिचान नव प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा निखारिएका १७ जना गायक तथा गायिका पांचौ अडिसनमा पर्न सफल भएका हुन् । छनौट हुनेमा अमिता राई लफ्याङ, कञ्चन राई ऐसेलुखर्क, केदार अनुरागी खार्मी, पर्शुराम गजमेर खार्मी, राजन गिरी बुईपा, रोहित चाम्लिङ दिपु्रङ, रोशन लिङदेन पाथेका, रुपेश राई जन्तेढुंगा, सिर्जना राई खाल्ले, सुजता परियार रतन्छा, सुमन राई केपीलासगढी, तेज राई सप्तेश्वर, उमेश राई खार्मी, युवाराज राई नुनथला, ईशारा चेली राई कुभिण्डे, दिपा राई सिम्पानी र संगम राई दोर्पा रहेका छन् ।  


तश्विरमा: प्रर्तिस्पर्धी उमेश राई | तस्विर: चिसाङ शेर्पा 

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको लोक आधुनिक राउण्ड पार गरेका १७ जनाले आगामी माघ २७ गते हने लोकपप राउण्डमा आफ्नो प्रतिभा देखाउनुपर्ने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १७ जनामा झारिएका प्रतिस्पर्धीलाई चाँडै भोटिङ कोड बितरण गरिने र प्रतिस्पर्धीले भोट माग्न तथा भोटका लागि अरुलाई सहयोग माग्न सकिने संयोजक राईले बताए ।

मंगलबार सम्पन्न लोक आधुनिक राउण्ड गायक तथा संगीतकार भिमसेना राई, पृथी जिम्बा, राजन पुर्बेली र दान बहादुर राईको निर्णयबाट उनीहरुले आईडलको अगाडीको यात्रा तय गरेका हुन् । आगामी २७ गते हुने लोकपप राउण्डबाट ६ जना प्रर्तिस्पर्धी फालिने ब्यवस्थापक दिपेश पायल राईले बताए ।


तश्विरमा: प्रर्तिस्पर्धी तेजु राई  

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।


तश्विरमा : रोशन लिंग्देन | तश्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो