2026-10-28 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: घरमै निशुल्क कुखुरा पाएपछि सुत्केरी आमाहरु खुसी

प्रेम सुनार/माघ १७, गुल्मी । इस्मा गाउँपालिका २ हस्तीचौरकी गीता कुवंर गत मंसिर महिनामा सुत्केरी भएकी थिईन । 

उनको घरमा साढे दुई महिनाको छोराका अवूथा द्ख्दा खासै  पौष्टिक आहारा पुगेको जस्तो देखिन्न । गाउँमा खान मन लागेको सवै थोक सहज रुपमा पाइदैन् । ‘मन लाएको तरकारी र माछा मासु खान सदरमुकाम पुग्नै पर्छ,’सुआहारा २ कार्यक्रम गुल्मीले वितरण गर्ने कुखुरा लिन आएकी गीताकी सासु बेलकुमारी कुवंरले भनिन,‘अव अण्डाको लागि सहज भयो ।’ 

त्यस्तै सोहि स्थानकी कल्पना कुवंरको पनि १५ महिनाको छोरी छन् । पाँच वटा कुखुरा निशुल्क पाएपछि उनी पनि निकै खुसी छन् । ‘गाउँमा मासुको लागि बोइलर बाहेक पाइदैन, त्यो स्वास्थयकर हुँदैन रे,’उनले भनिन,‘स्याल र चिलबाट बचाउन सके अण्डा प्ररस्तै हुने भए ।’ 

सोहि स्थानकी गंगा मुखियाको घरमा पनि चार महिनाकी सुत्केरी बुहारी छन् । बिपन्न परिवार भएकाले हप्ता दिनमा एक पटक पनि माछा मासु सम्भव छैन् । त्यसैले पनि कोखिलामा कुखुरा च्यापेर घर फर्कदै गरेकी गंगाको मुहारमा फिका मुस्कान थियो । ‘पाँच वटा कुखुरा फ्रि मा पाउँदा खुसी नहुने त कुरै भएन,’उनले भनिन,‘ अझ दैनिक एउटा अण्डा दिन्छ रे ।’

झण्डै १६ हजार कुखुरा वितरण

गुल्मीका गर्भवतीदेखि सुत्केरी अवस्थासम्मका अति बिपन्न तीन हजार एक सय ५४ जना आमाहरुलाई झण्डै १६ हजार कुखुरा वितरण गरिदैछ । एच.के.आईको आर्थिक तथा प्राविधिक सहयोगमा सुआहारा २ कार्यक्रमले यो बर्ष १५ हजार सात सय ७० कुखुरा वितरण गर्दैछ । सुआहारा कार्यक्रम मार्फत जिल्ला विकास समिति गुल्मीले निर्धारण गरेका अति विपन्न घर परिवारहरुलाई कुखुरा बितरण गरिरहेको छ । 

साविकका १९ गाविसका तीन हजार एक सय ५४ घरधुरीका १५ हजार सात सय ७० जना आमाहरुले कुखुरा पाउने सुआहारा कार्यक्रमको घरयासी खाद्यान्य उत्पादन तथा बजारीकरण अधिकृत प्रदिप थापाले बताए । अहिलेसम्म साविकका १५ गाविसका १२ हजार पाँच सय २८ आमाहरुलाई कुखरा वितरण गरिएको छ । 

अब पाँच वटा स्थानमा कुखुरा बितरण गर्न बाँकी रहेको सुआहारा गुल्मीले जनाएको छ । इस्मा गाउँपालिकाका १ र दुई वडामा मात्रै मंगलबार दुई सय ७५ आमाहरुलाई एक हजार तीन सय ७० कुखुरा बितरण गरिएको छ । एक घरपरिवार वा एक आमाहरुलाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको छ । उनीहरुलाई दुईवटा भाले र तीन वटा पोथी वितरण गरिएको छ । 

पौष्टिक आहारको उपयोग दर बढाउने उदेश्य

सुआहारा गुल्मीका कार्यक्रम संयोजक ज्ञानदिप आचार्यका अनुसार आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो । यो प्रजातीका कुखुराले वर्षदिनमा दुई सय ८० भन्दा बढी अण्डा उत्पादन गर्दछ । सुनौलो हजारका आमा र बच्चालाई पोषणयुक्त खानाको रुपमा अण्डा राम्रो हुने भएकोले आफुहरुले कुखुरा वितरण गरेको कार्यक्रम संयोजक आचार्यले बताए । 

गर्भवती भएदेखि बच्चा दुई वर्षको हुँदासम्मको दिनलाई सुनौला हजार दिन भनिन्छ । यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकोले पनि यो समयमा पौष्टिकयुक्त खानाको निकै आवश्यकता पर्दछ । जुन तत्व अण्डाबाट बढी प्राप्त हुने सुआहारासंगको साझेदार संस्था एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक गणेश श्रीपालीले बताए ।

‘अण्डामा एउटा सिंगो शरीर निर्माण हुने तत्व पाइन्छ,’उनले भने,‘गर्भवती हुँदा आमाले खानुपर्ने र बच्चा छ महिनाको भएपछि स्वयमलाई नै खुवाउनुपर्छु ।’ कुखुरा वितरण गर्दै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सुआहारा कार्यक्रमले महिला र विपन्न समुदायका लागि खेलेको भुमिका अत्यन्तै महत्पूर्ण भएको बताए । 

‘सुआहारा मार्फत धेरै महिला दिदि बहिनीहरुको खानपान र आनीबानीमा समेत परिवर्तन आएको पाएका छौ,’उनले भने,‘सुआहारा र गाउँपालिकाको संमन्वयमा धेरै काम गर्नुपर्ने छ ।’ 

कुखुरा पालत तथा नर्सरी व्यावस्थापन तालिम

कुखुरा पाउने साढे ३१ सय आमाहरुलाई दुई किसिमको तालिम समेत प्रदान गरिएको एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले बताए । सवै आमाहरुलाई एक दिने कुखुरा पालन तथा एक दिने नर्सरी व्यावस्थापन सम्बन्धि तालिम प्रदान गरिरहेको उनले बताए । उनीहरुलाई १० प्रकारका तरकारीका बिउहरु पनि प्रदान गरिएको छ । 

भने कुखुरा पाउने साढे ३१ सय आमाहरु मध्ये ३० प्रतिशत झनै बिपन्न घर परिवारलाई वडा तथा गाउँपालिकाको सिफारिसको आधारमा खोर निर्माणका लागि १२ सय पनि प्रदान गरिएको अध्यक्ष एसीले बताए । 

तीन हजार एक सय ५३ को ३० प्रतिशत अर्थात नौ सय ४७ आमाहरुले अर्धबन्धित खोर निर्माणका लागि १२ सय पाउने छन् । जसका लागि ११ लाख ३६ हजार चार सय खर्च हुनेछ । 

फोटो: सुआहारा गुल्मीको आयोजनामा इस्मा गाउँपालिका २ हस्तिचौरको छल्दी टारमा सुनौला हजारा दिनका आमाहरुलाई कुखुरा बितरण गर्दै गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट सहित सुआहाराको टोली । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला