३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पोखरामा शुरु

१९ माघ २०७४, शुक्रबार ०९:४८

माघ १९ पोखरा | नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा आजदेखि पोखरामा चार दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ । 

पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको हो । 

महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट तीन सयको संख्यामा चलचित्र प्राप्त भएकोमा त्यसमध्ये ५० वटा चलचित्रलाई प्रदर्शनका लागि छनोट गरिएको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमिका अध्यक्ष केबी पाठकले जानकारी दिनुभयो । 

महोत्सवको उद्घाटन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले चलचित्रले समाजको चित्रण गर्ने बताउनुभयो । चलचित्रको छायांकनका लागि पोखरा अत्यन्त उर्वरभूमि भएको बताउदै उहाँले निर्माता तथा कलाकारको रोजाइमा यो ठाउँ पर्ने गरेको उल्लेख गर्नुभयो । 

महोत्सवको स्थानीय संयोजक तीर्थ श्रेष्ठले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले पोखराको गरिमालाई उचो बनाएको बताउनुभयो । पोखरामा चलचित्रको छायांकन तथा विकास २०१३ सालयता भएको बताउदै उहाँले भारतीय कलाकार देव आनन्द जस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारले पोखरामा चलचित्रको छायांकन गरेको स्मरण गराउनुभयो । 

प्रदेशसभा सदस्य कृष्ण थापाले प्रकृतिमा मनोरमस्थल पोखरामा रहेको र यहाँ चलचित्रको विकासको पर्याप्त सम्भावना रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले चलचित्र जीवन जगतको चित्रण गर्ने महत्वपूर्ण माध्यम भए पनि यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । 

महोत्सवका निर्देशक मनोज पण्डितले चलचित्र समाज, शिक्षा र राजनीति सबै भएको बताउँदै यसको विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली