2026-07-26 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सडकको दायाँबायाँ र मध्यभागमा फुलबारी

माघ २२, लुम्बिनी | बुटवल–बेलहिया सडकखण्डअन्तर्गत मणिग्रामदेखि बुटवल राजमार्गसम्मको छ लेन सडकको दायाँबायाँ र मध्यभागलाई आकर्षक बनाइएको छ । 

निर्माण कार्य सम्पन्न गरिएको सडकलाई सुन्दर र हरियाली बनाउने उद्देश्यअनुरुप ग्रीन बेल्टमा फूलबारी निर्माण गरिएपछि आकर्षक देखिएको हो । बुटवल वडा नं १० र ११ को कालिकानगर क्षेत्रका स्थानीय टोल समितिको सक्रियतामा विभिन्न पार्क निर्माण गरी हरियाली फूलबारी बनाइएको छ । 

फूलबारी निर्माण गरिएपछि उक्त क्षेत्र निकै सुन्दर देखिएको छ । स्थानीयवासीको अग्रसरतामा निर्माण गरिएको फूलबारीको संरक्षण पनि स्थानीयवासीले नै गर्ने गरेका छन् । स्थानीयवासीले आफ्नो घर अगाडि सडकको भागलाई फूलबारी तथा करेसाबारीका रुपमा विकास गरिरहेका छन् । उनीहरुले लगाएका फूलबारी तथा तरकारीबारीमा आफूले खनखोरसदेखि लिएर पानी हाल्ने काम गर्दैआएका छन् । 

तिलोत्तमा नगरपालिकाको सडक फूलबारीमा काम गर्दै आउनुभएका एकजना स्थानीयवासीले भने तिलोत्तमा नगरपालिकाले कुनै सहयोग नगरेको बताउनुभयो । नगरपालिकाले अन्य सहयोग गर्न नसके पनि बीउबिजन, मललगायतको सहयोगमात्रै गरिदिए पुग्ने उहाँको भनाइ छ । 

ग्रिनरी जोनमा निर्माण गरिएको फूलबारीलाई एकै प्रकारका फलामे पाइप र जालीले संरक्षण गरी आकर्षक बनाइएको छ । फूलबारीमा लगाइएका बिरुवाको संरक्षण र रेखदेखका लागि विभिन्न तीन स्थानमा सिसिटिभी क्यामेरासमेत जडान गरिएको बताइएको छ । 

छ लेन सडकलाई फूलबारीसहितको नेपालकै नमूना हरियाली सडक बनाउन रकम विनियोजन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले वडा नं १० र ११ अन्तर्गतको छ लेन सडक क्षेत्रलाई हरियाली बनाउन रु ३० लाख खर्च गरिने गरी बजेट विनियोजन गरिएको बताउनुभयो । 

आगामी चैत महिनाभित्र उपमहानगर क्षेत्रभित्र पर्ने छ लेन सडकको सबै किनारमा हरियाली र आकर्षक फूलबारी निर्माण हुने उहाँले बताउनुभयो । हरियाली प्रवद्र्धनका लागि आर्थिक व्यवस्थापन उपमहानगरपालिकाले गर्नेछ भने बिरुवाको सम्वद्र्धन र संरक्षणको जिम्मा स्थानीय समुदायले लिनुपर्नेछ । 

जनकल्याण टोल विकास संस्थाको अगुवाइमा रु छ लाखको लागतमा शहीद स्मारक पार्क निर्माण गरिएको संस्थाका अध्यक्ष निर्मलप्रकाश रानाले जानकारी दिनुभयो । शहीद स्मारक पार्क निर्माणमा रु छ लाख खर्च गरिएको छ । छेउमा रहेको कालिका हरियाली फूलबारी निर्माणमा पनि रु चार लाख लगानी भएको छ । 

कालिका चोक टोल समितिकी अध्यक्ष शकुन्तला पुनले हाललाई कालिका हरियाली फूलबारीमा १५० वटा बिरुवा लगाइएको जानकारी दिनुभयो । ठूला बिरुवाको बीचमा सयपत्री, गोदावरी, डालियालगायत मौसमी फूलका बिरुवा लगाएर यसलाई हरियाली बनाउने योजना छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली