२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बज्जिका भाषा विकास समारोह भव्यका साथ मनाउने निर्णय

२०७४, २५ माघ बिहीबार १२:११

अभिमनु कुमार पटेल/माघ २५, रौतहट । विश्व मातृ भाषा दिवशको अवसर विगत ३ वर्षदेखि मनाउदैं आएको बज्जिका भाषा विकास समारोह यस वर्ष पनि भव्यताका साथ मनाउने निर्णय गरिएको छ । 

रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहल ग्रामिण शिक्षा विकास नेपाल रौतहट (रेड नेपाल) ले आयोजना गरेको तयारी समितिको बैठकले बज्जिका भाषा र संस्कृतिको उत्थानको लागि जिल्लाभरि विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गरि समारोह भव्यतका साथ संचालन निर्णय गरेको छ । 


जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादवको अध्यक्षतामा बसेको बैठकले मातृ भाषाको जर्गेना तथा संस्कृतिको संरक्षणका लागि बज्जिका भाषा विकास समारोहको परिकल्पना भई नियमित रुपमा मनाउदैं आएकोमा यस बर्ष हर्षस उल्लासका साथ सबैको सहभागितामा समरोह संचालन गर्ने निर्णय गरिएको हो । 

बज्जिका भाषा विकास समारोह २०७४ लाई सफल पार्न जिल्लाका सबै विद्यालयहरुमा मातृभाषा कविता, हाजरि जवाफ, निबन्ध, अन्र्तक्रिया लगायतका अन्य कार्यक्रमहरु संचालनका लागि अनुरोध गर्ने तथा समारोह संचालन हुने फागुन ९ गते तदनुसार २१ फरबरीका दिन विहान प्रभातफेरी पश्चात दिउसो समारोह संचालन हुने आयोजक संस्थाका सल्लाहकार एवम समारोह संचालन समितिका संयोजक योगेन्द्र प्रसाद यादवले जानकारी दिनु भएको छ । 

समारोह सफलका लागि आयोजना गरिने जिल्लाका सबै स्थानिय निकाय तथा देशमा संचालनमा रहेको दातृ निकायहरु त्था व्यक्तिहरुमा समारोह एवम समारोह सम्बन्धि विभिन्न कार्यक्रमहरुमा सहयोग जुटाउन तथा समारोह संचालन गर्न बैठकले पूर्व प्रअ एवम तत्कालिन नेपाल शिक्षक युनियनका अध्यक्ष योगेन्द्र यादवको संयोजकत्वमा सदस्य सरोज कुमार लाल दास, रामसागर साह, विपिन विहारी सिंह, राकेश कुमार यादव लगायत ९ सदसिय समारोह संचालन समिति गठन समेत गरेको छ ।

समारोह तयारीका लागि बसेको बैठकमा युनेस्को नेपालका पूर्व सहायक महासचिव एवम पूर्व प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर कुमार सिन्हा, राजनैतिकदलका विन्देश्वर राय यादव, बज्जिका प्रतिष्ठानका अध्यक्ष रामसागर साह, बज्जिका प्रशिक्षक विपिन विहारी सिंह, गौर नगरपालिका सामाजिक विकास शाखाका सरोज कुमार लाल दास, कलाकार विजय यादव र्निविज, बज्जिका पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष राकेश कुमार यादव, केन्द्रिय सदस्य अमित ठाकुर, बज्जिकाबाणीका दिनेश संगम, प्लान नेपालका जितेन्द्र कुशवाहा, आरडिसी नेपालका मोमताज राय भाट, रिपोर्टस कलब नेपाल रौतहटका अभिमन्यु पटेल, अभियान नेपालका मोहमद प्रवेज आलमको सहभागिता रहेको संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादवले जानकारी दिनु भएको छ । 

बज्जिका भाषा विकासका लागि संस्थाले लगातार रुपमा स्थापनाकाल देखि नै कार्य गर्दै आएकोमा सबै सहभागिहरुले संस्थाको उत्तोरउत्तर प्रगतिको कामना समेत गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते