2026-09-12 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सहनी समुदाय सुकुटी व्यवसायतर्फ आकर्षित

माघ २६, वीरगञ्ज | सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ । 

परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका छन् । बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी बनाएर व्यापार गर्न थालेको छ । 

जिल्ला कृषि विकास कार्यालयले रु २५ हजार अनुदान सहयोग गरेपछि उक्त समुदायले रु ५० हजारको लागतमा माछा सेक्ने भट्टी निर्माण गरेका छन् । विगत २२ वर्षदेखि माछाको सुकुटी उत्पादन गर्दै आएका इन्द्रजित सहनी यही व्यापारबाट घरखेत जोडेको बताउनुहुन्छ । सुकुटीको मुख्य बजार काठमाडौँ हो । 

“सुकुटी बेच्न समस्या छैन,” उहाँले भन्नुभयो । कोइलाको आगोमाथि तारजाली रहेको भट्टीमा माछा पोलेर सुकुटी बनाइन्छ । यहाँको सुकुटीको काठमाडौँमा अत्याधिक माग रहेको उहाँको भनाइ छ । करिब तीन क्विन्टल माछा सुकाएपछि एक क्विन्टल सुकुटी बन्छ । 

काठमाडौँका व्यापारीले प्रतिकिलो सुकुटी रु एक हजारमा किनेर प्रतिकिलो रु एक हजार ५०० सम्ममा बिक्री गर्ने गरेका रामेश्वर सहनीले बताउनुभयो । उहाँले प्रतिमहिना १५० क्विन्टल काँचो माछाको सुकुटी बनाएर बिक्रीका लागि काठमाडौँ पठाउने गर्नुभएको छ । अहिले रौवाहीका अन्य सहनी परिवारले समेत व्यावसायिक रुपमा सुकुटीको व्यापार गर्न थालेका छन् । 

“मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ,” स्थानीयवासी छट्टु सहनीले भन्नुभयो । सहनी समुदाय अहिले अन्य पेसा छाडी सुकुटी व्यवसायतर्फ आकर्षित भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन