फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

त्रिवेणी उच्च मावि कटारीको स्वर्ण महोत्सव शुरु

२ फाल्गुन २०७४, बुधबार ०८:०३


फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव कार्यक्रमको आयोजना गरेको छ । 

उक्त सप्ताहव्यापी स्वर्ण महोत्सवको उद्घाटन एक औपचारिक कार्यक्रमबीच कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने फागुन ८ गते यसको समापन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको आयोजकले बताएका छन् । 

स्वर्ण महोत्सवको पहिलो दिन कटारी नगरपालिका अन्तर माविस्तरीय दौड प्रतियोगिता, कटारी बजार नगरसरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

फागुन ४ र ५ गते सगरमाथा अञ्चल अन्तर माविस्तरीय भलिबल प्रतियोगिता, फागुन ६ तथा ७ गते लोकनृत्य तथा जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको आयोजक समितिका सचिव तथा त्रिवेणी उच्च माविका प्राचार्य बालकृष्ण कार्कीले बताउनुभएको छ । 

फागुन ८ गते राष्ट्रपति भण्डारीबाट स्मारिका अनावरण, स्मारिक विमोचन, विद्यालयका पूर्वविद्यार्थी तथा विद्यालय स्थापनाका लागि योगदान गर्नुहुने महानुभावलाई सम्मानपत्र वितरण गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन् । स्मरण रहोस् त्रिवेणी उच्च मावि कटारी जिल्लाकै पुरानो विद्यालयमध्येको एक हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य