२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बाल सञ्जालका १४ बुँदे माग, पुरा नभए आन्दोलनमा जाने

३ फाल्गुन २०७४, बिहीबार ०६:४१

फागुन ३, राजविराज | पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् । 

सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन गर्न माग गरेका हुन् । 

सञ्जालका अध्यक्ष जकाउल्लाहले कुनै पनि बन्द हड्तालमा विद्यालय बन्द नहुनुपर्ने, देशैभरिका शिक्षकको प्रमाणपत्र जाँच हुनुपर्ने र नक्कली पाएमा कार्वाही हुनुपर्ने, कक्षा १२ सम्मका रजिस्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क हुनुपर्ने, एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जानका लागि पुनः भर्नाको शुल्क नहुनुपर्ने सञ्जालको माग रहेको बताउनुभयो । 

हरेक सरकारी विद्यालयमा वैशाख २५ गतेभित्र किताब पुर्याउनुपर्ने, सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, विद्यालयबाट टाढा रहेका बालबालिकालाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, पठनपाठन र पाठ्यपुस्तकको विषयमा नियमित अनुगमन एवम् व्यवस्थापन हुनुपर्ने माग सञ्जालले अघि सारेको छ । 

निजी कम्पनीले विद्यालयमा आफ्नो किताब लगाउने नाममा भइरहेको चलखेलबारे जाँच तथा कार्वाही हुनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवासुविधा उपलब्ध गराउनुपर्ने, चाडपर्वको बीचमा परीक्षा सञ्चालन नगर्नुपर्ने र किताबको मनपरी मूल्यसूची राख्ने प्रवृत्ति अन्त्य गरी उचित मूल्य निर्धारण हुनुपर्ने माग सञ्जालले अघि सारेको पत्रकार सम्मेलनमा अध्यक्ष जकाउल्लाहले जानकारी दिनुभयो । 

आफूहरुले विगतमा १४ बुँदे माग राख्दै रिले अनशनसमेत गरेको तथा प्रजिअमार्फत जेठ २५ गते प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । 

आन्दोलनका क्रममा शिक्षा अधिकारी दोलराज पाण्डे, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले समेत मागहरु पूरा गराउन पहल गर्ने प्रतिबद्धता गरेपनि हालसम्म पूरा नभएकाले १० दिने अल्टिमेटमसहित आफूहरुले सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गरेको पत्रकार सम्मेलनमा सहभागी बाल क्लबका पदाधिकारीहरुले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो