2026-09-02 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: व्राम्ह्ण वाहुल्य गाउँमा शिक्षाको ज्योति छर्ने दलित

प्रेम सुनार/फाल्गुन ३, गुल्मी । दलित समुदायहरु शिक्षा दिक्षामा खासै चाहना राख्दैनन् भन्ने हाम्रो ग्रामिण समाजको मान्यता थियो । 

आज भन्दा केहि वर्ष अघि सम्मको त्यही मान्यता गलत सावित गरी दिएका थिए गुल्मी अर्खले भुवनपानी गाउँका स्वर्गिय छविलाल बिश्वकर्माले ।  

त्यो पनि आज भन्दै झण्डै ७० वर्ष अघि विश्वकर्माले व्राम्हण समुदायको वाहुल्य रहेको त्यस गाउँमा एक्लेले विद्यालय स्थापना र शिक्षकलाई समेत आफैले तलव खुवाएर २००६ सालमा  पहिलो पटक त्यहाँका वालवालिकालाई पठन पाठनको  सुविधा उपलव्ध गराएका थिए ।

२००६ साल देखि लगतार २०१० साल सम्म एक्लैले प्राथामिक तह सम्मको विद्यालय चलाएका बिश्वकर्मालाई त्यस पछि भने सवै  गाउँवासीले साथ दिएका थिए । 

२०२९ सालमा  तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट जनसहयोग प्राध्यामिक विद्यालयका रुपमा सम्बोधन भए पछि क्रमशः निमावि हुँदै अहिले माध्यामिक विद्यालय बनेको हो ।

स्वर्गिय बिश्वकर्मालाई त्यस विद्यालयले संस्थापकका रुपमा  सम्मान र स्मणरण गर्ने गर्दछ । उनैं सस्थापक विश्वकर्मालाई हालै सम्पन्न ४५ औं वार्षिकोत्सवको अवसरमा शव्द सम्मान अर्पण गरियो । 

श्रीपाली थरका उनका छोरा नातीहरुले त्यस अवसरमा  स्वर्गिय पिता हजुर वुवाको  स्मृतिमा त्यहाँका सम्पुर्ण दलित विद्यार्थी र अन्य समुदायका गरिव जेहेन्दार  १ सय ९०  जना विद्यार्थीहरुलाई कापी कलम लगायतको शैक्षिक सामग्री प्रदान गरेका छन् । 

स्वर्गिय बिश्वकर्माको स्मृतिमा  त्यस विद्यालयमा नयाँ वर्षको अवसरमा प्रवेशद्धार निर्माण लगयातका विभिन्न कार्य पनि अगाडी बढाईने उनका पलाती  राजन श्रीपालीले बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली