फागुन ४, सप्तरी (रासस) | सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।
खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
गत माघ २५ गते घरमा कोही नभएको बेला आफ्नो नजिकको नातामा बहिनी पर्ने ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरको प्रहरीको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।