2026-08-26 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

— हरिकुमार राई | फागुन ६, गाईघाट (रासस) | उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । 

बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो । 

वडानम्बर २ को आयोजनामा नगरपालिकाले अहिले ५० जना विद्यार्थीका लागि साइकल वितरण गरिसकेको र अब बाँकी दुईसय साइकल निःशुल्क वितरण गर्ने लक्ष्य रहेको सो वडाका वडाअध्यक्ष सन्तोष सुबेदीले बताउनुभएको छ । 

अहिले वडा नम्बर २ का दुई सयभन्दा बढी विद्यार्थी विद्यालय र क्याम्पस जान घण्टौँ पैदल हिड्नुपर्ने वाध्यता छ, त्यस्ता विद्यार्थीलाई लक्षित गरी तत्काल ५० जनालाई साइकल वितरण गरिएको र अब बाँकी दुई सय विद्यार्थीका लागि दुई महिनाभित्रमा साइकल वितरण गरिसकिने उहाँले बताउनुभयो । 

“देशका कर्णधार विद्यार्थी भएका कारण अहिले उनीहरुले विद्यालय जानका लागि कष्ट भोग्न नपरोस् भनेर नगरपालिकाको बजेटबाट नै व्यवस्थापन गरेर साइकल वितरण अभियान शुरु गरेका छौं,” प्रमुख राईले भन्नुभयो — “अहिले करिब रु चार लाखको साईकल वितरण गरिएको छ र निकट भविष्यमै रु बीस लाखको मूल्य बराबरको साइकल वितरण गर्ने लक्ष नगरपालिकाले नगरपालिकाको छ ।” 

नगरपालिकाले साईकल वितरण गरेपछि अफूहरु एक घण्टा पैदल हिँडेर क्याम्पस जान बाध्य हुनुपर्ने समस्याबाट मुक्त भएको बेल्टार प्रगति टोलका कक्षा ११ मा अध्ययनरत् छात्रा सम्झना भुजेल बताउँछन् । 

भुजेल भन्छन्, “घरबाट बसाहा उच्चमाबि जान दैनिक हिँडेर एक घण्टा लाग्ने गथ्र्यौ, कहिले टेम्पुमा सय रुपैयाँ भाडा तिरेर जाने आउने गरेको र कहिले पैसा नहुँदा घण्टौँ लगाएर पैदल हिँडेर आउनजान बाध्यता थियो, तर नगरपालिकाले साइकल व्यवस्था गरेपछि अब २० मिनेटमा क्याम्यस पुग्ने र बीस/पच्चीस मिनेटमा घर आउन सक्ने भएका छौँ ।” 

अर्का कक्षा ९ मा अध्ययनरत् विद्यार्थी शिवराज राईले पनि नगरपालिकाले साइकल वितरण गरेपछि आफूहरुलाई विद्यालय जान सहज भएको बताउँछन् । 

राई भन्छन्, “नगरपालिकाले हामीलाई पढाउन र केही गर्नका लागि विद्यालय जान सहज होस् भनेर साइकल वितरण गर्यो, हामी पनि पढेर पछि ठूलो मान्छे भएपछि यो नगरपालिका र नगरको सेवा गरेर यो गुन तिर्ने छौँ ।” 

नगरपालिकाले टाढा विद्यालय जानुपर्ने विद्यार्थीका लागि साइकलको व्यवस्थापन गरेर उपकार गरेको र अब विद्यार्थीहरुको पढाईमा समेत सुधार हुनसक्ने तथा विद्यार्थीहरु हिँडेर थकाईको कारण पढ्न नसक्ने अवस्थाबाट मुक्त भएको अभिभावक सान्तराज कटुवाल बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो