२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याबको मेसिन बिग्रिँदा उपचारमा समस्या

२०७४, ७ फाल्गुन सोमबार ०६:४५

फागुन ७, पर्सा | वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ । 

एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राहीले उपचारमा कठिनाइ भोग्नुपरेको छ । 

प्रयोगशालामा रहेको दुवै एनलाएजर मेसिन बिग्रिएपछि एक घण्टामा हुने कामलाई चार घण्टा समय लाग्ने गरेको प्रयोगशालाका मेडिकल टेक्निसियन हीराबाबु पाण्डेले जानकारी दिनुभयो । उहाँले अटो एनलाइजरको तुलनामा मेनुबल मेसिनबाट काम गर्दा रसायण र समय दुवै बढी लाग्ने गरेको बताउनुभयो । 

ल्याबमा रहेका एनलाएजर मेसिन बिग्रेको अस्पताल प्रशासनलाई जानकारी गरिएको भए पनि हालसम्म बनाउने पहल नभएको टेक्निसिएन पाण्डेले जानकारी दिनुभयो । 

उहाँले दैनिक अढाइ समयदेखि ३०० को हाराहारीमा बिरामीको रगत, पिसाबलगायतको परीक्षण हुने गरेको र एनलाइजर मेसिन सञ्चालन नहुँदा बिरामीले रिपोट पाउन एक दिन नै कुर्नु पर्ने अवस्था रहेको बताउनुभयो । 

वीरगञ्ज र यस आसपासका बिरामीलाई खासै समस्या नभए पनि टाढा टाढाबाट उपचारका लागि उपक्षेत्रीय अस्पताल आउने बिरामी एनलाइजर मेसिन बिग्रेको मार खेप्नुपरेको टेक्निसियन पाण्डेको भनाइ रहेको छ । 

अस्पतालका मेडिकल सुपरिटेण्डेनट डा एनामुल हकले अस्पताललाई उपकरण आपूर्ति गरेका कम्पनीलाई उपकरणमा आएको खराबीबारे जानकारी गराइएको र दुई÷तीन दिनभित्र कम्पनीले इञ्जिनियर पठाई समस्या समाधान गराउने जानकारी दिएको बताउनुभयो । 

उहाँले छिमेकी चार जिल्ला र सीमावर्ती भारतीय सहरसमेतका बिरामीको चाप उपक्षेत्रीय अस्पतालमै रहेको जानकारी दिँदै ल्याबमा रहेको उपकरण तथा जनशक्तिलाई थपिने प्रयासमा भएपछि अस्पतालको आर्थिक परिस्थितिले साथ नदिएको मेडिकल सुपरिटेण्डेनट हकले बताउनुभयो । 

बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहरसमेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आउने गरेको र सोमध्ये २५० देखि ३०० जना बिरामीको रोग पत्ता लगाउन चिकित्सकले प्रयोगशाला सेवाबारे सुझाव दिने गरेको जानकारी दिँदै सुपरिटेण्डेनट हकले प्रयोगशालासँगै अस्पतालको श्ययाको समेत क्षमता बढाउन प्रयास भइरहेको बताउनुभयो । 

बिग्रिएको उपकरणलाई चाँडोभन्दा चाँडो मर्मत गराई सेवा प्रवाह गर्न सर्वसाधारणले अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा