माझकिरातको वसोवास रहेको खोटाङलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माझकिरातको वसोवास रहेको खोटाङलाई "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किरात राई संस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’को च्यारीटी शो दिक्तेलमा हुने

७ फाल्गुन २०७४, सोमबार १५:१५

चिसाङ शेर्पा/फागुन ७, खोटाङ । दिक्तेलमा किरात राई संस्कृतीमा आधारित चलचित्र सायाबुङ (शिरफुल)को च्यारिटी शो हुने भएको छ । 


माझकिरातको वसोवास रहेको खोटाङलाई लक्षित गर्दै राई परम्परा, संस्कार, संस्कृती उत्थानका लागि सायाबुङको च्यारिटी शो गर्न लागिएको हो ।

आगामी फागनु २६ गते सदरमुकाम दिक्तेलस्थित मुभिलेण्ड हाईभिजन हलमा सामान्य कार्यक्रमका साथमा न्युन शुल्कमा दिउँसो १ बजेदेखी ३ बजेसम्म ‘सायाबुङ’ चलचित्र देखाईने कार्यक्रम संयोजक भीम राईले बताउनुभयो ।

चलचित्रमा किराती संस्कृतीमा केटी माग्न जाँदाका बिषय, माइती पक्षले चेलीलाई गरिने बिदाई, किराती संस्कारमा प्रयोग गरिने पुर्खौली सामाग्री लगायतको बिषय समेटिएको तातिम ईन्टरटेण्टमेन्ट प्रालिका फाउण्डर तथा चलचित्रका निर्माता भुवन राई (तातिम)ले बताए । उनले भने, ‘मुलतः चलचित्र शो गर्नुको उद्देश्य लोप हुंदै गएको किराती संस्कृतीको जर्गेना गर्नु हो ।’

साया राईको कथा, भगीराज राईको लेखन/निर्देशन, भुवन राई (तातिम)को निर्माण तथा ईष्ट क्रियसन प्रालिको ब्यानरमा निर्मित २ घण्टा लामो चलचित्रमा मदन दुमी, निशा राई, सगुन सुशारा, राजन पल राई लगायतको अभिनय रहेको छ । 

प्रदेश नम्बर १ को १४ वटा जिल्लामा च्यारिटो शो सकिएपछी मात्रै हलमा चलचित्र प्रर्दशन गरिने निर्माता राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने