Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेडियो रेसुङ्गाद्धारा स्टेशन म्यानेजर अनिता खत्री सम्मानित

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/फागुन ७, गुल्मी । गुल्मीको पहिलो विद्युतिय सञ्चार माध्यम रेडियो रेसुङ्गाको ११औं वार्र्षिकोत्सव तथा छैठौं साधरण सभा आज सम्पन्न भएको छ ।

२०६३ साल फागुन ७  गते स्थापना भएको रेडियोले १० वर्ष सफलता पुर्वक  पार गरी ११ औं वर्षमा प्रवेश गरिरहँदा जिल्लाका रेडियोहरु मध्ये पहिलो महिला स्टेशन म्यानेजर अनिता खत्रीको कार्यकाल  साधरण भेलाले सफल कार्यकालका रुपमा मुल्याङकन गरी सम्मानित गरेको सञ्चालक मध्येका एक रेशम कुँवरले  जानकारी दिए ।

गत तिन वर्ष देखि स्टेशन म्यानेजर सम्हलेकी खत्रीले झण्डै आर्थिक संकटमा परेको रेडियोलाई अहिले आएर शेयर सदस्यहरुलाई २० प्रतिशत वोनस बाँड्न सक्ने गरी कार्य गदै आएकी छन् ।

स्थापना काल देखि रेडियोको विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी खत्रीलाई अजुर्न डाँडामा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चालक समिति अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले खत्रीलाई नगद पुरस्कार सहित कदर पत्र र दोसाल्ला ओढाएर सम्मान गरेका थिए ।

सञ्चालक कुँवरका अनुसारा साधरण सभाले निर्वतमान वनि सकेको  सञ्चालक समिति समेत सफल समिति ठहर गर्दै यसै समितिलाई पुनः सञ्चालक समिति कै जिम्मेवारी  दिने निर्णय गरेको छ ।

अध्यक्ष भने पुनः श्रेष्ठले चलाउने वा श्रीप्रसाद भलामी कि वा अरु चयन गर्ने भन्ने विषयमा भने समितिको बैठकले टुङ्गाउने जनाईको छ ।