२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी, यस्तो छ कारण

२०७४, १३ फाल्गुन आईतवार ०८:५२

फागुन १३, राजविराज | महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ । 
नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै आज क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताउनुभयो । 
विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पस गाभिएको छ । 
सो क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । तालाबन्दी भएपछि पढाइ र दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ । 

रिले अनशन स्थगित 

उन्नाइस दिनदेखि रिले अनशन बसेका तिलाठी कोइलाडी गाउँपालिका– १ तिलाठीका बासिन्दाले रिले अनशन स्थगन गरेका छन् । सप्तरी क्षेत्र २ प्रदेशसभा ‘क’ का सदस्य शैलेन्द्रप्रसाद साहको उपस्थितिमा अनशनमा बसेकालाई जुस खुवाएर सो रिले अनशन स्थगन गरिएको बताइएको छ । 
अवैध गाउँसभा खारेज गर्नुपर्ने, गाउँपालिकाको नाम तथा केन्द्र सार्ने निर्णय सच्याउनुपर्ने, चालु आवको हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन गर्नुपर्नेलगायत विभिन्न मागसहित आन्दोलित स्थानीयवासीले प्रदेशसभा सदस्य तथा विभिन्न व्यक्ति तथा निकायबाट गरिएको आग्रह एवं होलीलाई हेरी हाल रिले अनशन स्थगन गरिएको स्थानीयवासी अवकाशप्राप्त शिक्षक दयाकान्त झाले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते