सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नो"/>

2026-09-02 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ५०० को नक्कली नोट भेटियो, यस्तो भिन्नता थियो

फागुन १५, गुल्मी | गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । 

सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताउनुभयो । 

फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन सजिलो बनाउनका लागि तारलाई बीचबीचमा काटेर नोटमा टाँसिएको छ । 

उक्त नोटमा टाँसिएको तारलाई सहजैरुपमा कोट्याएर निकाल्न सकिन्छ । बैंकका कर्मचारीले अन्तिम समयमा नोट सर्टिङ गर्ने क्रममा उक्त नोट अलि मोटो भएको महसुस गरेपछि अनुसन्धानको क्रममा सो नोट नक्कली पाइएको बताइएको छ । 

उक्त बैंकमा पहिलोपटक यस्तो नक्कली नोट भेटिएको बैंकका प्रबन्धक र रायमाझीले बताउनुभयो । कर्मचारीको सावधानीका कारण नक्कली नोट पत्ता लगाउन सफल भएको उहाँले जानकारी दिनुभयो । बैंकमा जम्मा गर्न पठाएको रकममा फेला परेको उक्त नोट कारोबारको क्रममा आफूले बजारका स्थानीयबाट प्राप्त गरेको र यसबारे आफूलाई कुनै पनि जानकारी नभएको बैंकमा नोट जम्मा गर्न आएका पाण्डेले बताउनुभयो । 

जिल्लामा पछिल्लो समयमा भित्रिएका यस्ता प्रकारका नक्कली नोट सहजैरुपमा बैंकमा पनि भित्रिसकेको अवस्थामा व्यवसायी पनि सजग हुनुपर्ने अवस्था सिर्जना भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली