२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङका सबै गाविसमा सञ्चारको सुविधा

२०७२, ८ मंसिर मंगलवार ०२:१३

मङ्सिर ८, मुस्ताङ / सञ्चार सुविधाको पहुँच मुस्ताङ जिल्लाभर पुगेको छ । सोह्र गाविस रहेको मुस्ताङ जिल्लाका सबै बस्तीमा सञ्चारको सुविधा पुगेको छ ।

नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले पर्याप्त मात्रामा नमस्ते र सिडिएमए सिमकार्ड वितरण गरिएपछि जिल्लाका सबै क्षेत्रमा सञ्चार सुविधा पुगेको बताए। जिल्लामा ११ हजार नमस्ते र तीन हजार सिडिएमए गरी १४ हजार सिमकार्ड वितरण गरिएको छ ।

मागका आधारमा सिमकार्ड वितरण गरिएकाले हिमाली जिल्लामा सञ्चार सुविधा सहज भएको कार्यालयले जनाएको छ । हरेक बस्तीमा सञ्चार सुविधा पुगेसँगै सर्वसाधारणलाई सूचना आदानप्रदानमा सहज भएको छ ।

उपल्लो मुस्ताङको छोसेर, छोण्हुप, लोमान्थाङ, चराङ र सुर्खाङ क्षेत्रमा सिडिएमए र तल्लो क्षेत्रमा नमस्ते मोबाइलको सिमकार्ड बढी मात्रामा वितरण भएको छ । सञ्चार सुविधा विस्तारसँगै खासगरी उपल्लो क्षेत्रका सूचना सदरमुकामबाटै थाहा पाउन धेरै सजिलो भएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको कुञ्जो, लेते, कोबाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमी गाविसमा नमस्तेको सिमकार्ड वितरण भएको टेलिकमले जनाएको छ । “सबै क्षेत्रमा सेवा विस्तारका लागि जिल्लामा विभिन्न १५ स्थानमा नमस्ते र पाँच स्थानमा सिडिएमए मोबाइलको टावर निर्माण गरेका छौँ, ग्राहक सङ्ख्या पनि बढ्दै गएको छ,” कार्यालय प्रमुख भुजेलले भने – “अब गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ