२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सपाङ्ग होउञ्जेल श्रीमान, अपाङ्ग हुनसाथ श्रीमतीले टाप कसेपछि…

१८ फाल्गुन २०७४, शुक्रबार ०४:०४

प्रेमसुनार/फागुन १८, गुल्मी । स्वार्थी यो दुनियाँमा पाखुरो नै प्यारो हुँदो रहेछ भन्ने गुल्मीको सदरमुकाम तम्घासमा एक पुरुषको कारुणीक अवस्था देख्दा महशुस हुन्छ ।  

भण्डै १५ वर्ष देखि सदरमुकाम तम्घासमा होटलका एउटा दक्ष कुक हुन गुल्मी अर्लाङ्गकोटका गमबहादुर खत्री । उनले तम्घासका विभिन्न होटलहरुमा कुक काम गरेर पाँच सन्तानलाई हुर्काएका थिए ।

श्रीमतिले पनि त्यति कै मजदुरी गर्दै थिईन । यतिकैमा गत जेठ १५ गते साँझ तम्घासको पुरानो वसपार्कको गौडो ओर्लिने क्रममा गमबहादुर लडेर दायाँ खुट्टा खुस्कीन पुग्यो । उनि अपाङ्ग भए । काम गर्न नसके पछि विहान वेलुकीको गुजरा चलाउन समेत मुस्कील प¥यो ।


खुस्कीएको खुट्टाको उपचार गर्न नसकेर मोटा–घाटा गमबहादुर दुव्लाउँदै गए । टिठ लाग्दो चेहरामा उनि सडकमा चन्दा माग्ने सम्मको बन्दै गए । यहि क्रममा गत २० दिन अघि देखि उनकी श्रीमति कोठाबाट हिडेकी हुन । उनि कहाँ पुगिन भन्ने कुरा कसैलाई अत्तोपत्तो छैन ।

जिल्ला प्रहरी कार्यालय अगाडी सडकमा रुन्चे अनुहारमा खुट्टा दुखेर ऐया.. एैया.. गरिरहेका गमबहादुरको उद्धारका लागि त्यही अगाडी चिया पसल गर्ने विष्णुबहादुर चन्दले अँस्ती देखि त्यहाँका प्रहरीहरु संग चन्दा संकलन गर्न सुरु गरे ।

अन्तत: प्रहरीहरुकै सहयोगमा १० हजार संकलन गरी उनको उपचारका लागि पाल्पा मिशन अस्पतालमा उपचारका लागि पठाईएको छ । सो रकमले उनको उपचार सम्भव छैन,  सहयोगी चन्द भन्छन् उनको डेढ दुई लाख हुने हो भने उनको खुट्टा ठिक हुन्छ कृपया सञ्चार माध्यममा सहयोगको अपिल राखेर त्यति रकम जुटाई दिनु प¥यो ।

उनका अनुसार गमबहादुरका अरु सन्तान काम गरेर खान सक्ने भए पनि कोठामा रहेका कान्छो सन्तानको विचल्ली भएको छ ।  निष्ठुरी श्रीमतिले उनको पाखुरो बलियो होउञ्जेल सम्म माया दिईन , अहिले जुन वेला माया र स्याहार सुसारको जरुरत छ यहि वेलामा छाडेर कहाँ गईन थाह छैन । हुर्केका सन्तानहरुले पनि वास्ता नगर्ने गरेको चन्द बताउँ छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले मिशन अस्पताललाई विपन्न वर्गलाई गरिने सहुलियत उनलाई पनि गरी दिन सिफारिस पत्र दिएका छन् । 

उनले पनि सवै संग सहयोगको अपिल गरेका छन् । उनलाई जे जति सहयोग गर्न चाहने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय अगाडी चिया पसलेविष्णुबहादुर चन्दको मोवाईल नम्वर९८४१७०५८५३ मा सम्पर्क  राख्नु होला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने