२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

२१ फाल्गुन २०७४, सोमबार ०९:१६

फागुन २१, वीरगञ्ज | पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । 

सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको संख्या आउन बाँकी रहे पनि निकुञ्जभित्र २० वटा पाटेबाघ हुनसक्ने अनुमान निकुञ्जका अधिकारीहरुले गरेका छन् । 

लोपोन्मुख अवस्थामा रहेका पाटेबाघबारे विगत दुई वर्षदेखि लगातार क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणना र यसको आहारजन्य प्रजातिको अनुगमनबाट तिनको संख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । सन् २०१५ मा गरिएको अनुगमनमा निकुञ्जभित्र बाघको संख्या १० वटा, सन् २०१६ मा १९ वटा तथा सन् २०१७ मा दुई वटा डमरुसहित १९ वटा बाघ भएको पुष्टि हुन आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले राससलाई बताउनुभयो । 

पाटेबाघको एउटा तस्वीर अर्काे तस्वीरसँग भिडाएर र बाघको शरीरमा रहेका धर्का हेरेर बाघको संख्या यकिन गरिने गरिन्छ । प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार बाघको वास्तविक संख्या तस्वीर विश्लेषण पछि मात्र थाहा हुने छ । 

सन् २०१५ को गैँडा गणनामा निकुञ्जभित्र तीनदेखि पाँच वटा गँैडा रहेको देखिएको थियो । सन् २०१६ मा गणना गर्दा निकुञ्जभित्र १०५ वटा गौरी गाई रहेको अनुमान गरिएको थियो । 

सन् २०१७÷१८ को बाघको पछिल्लो संख्या आउन बाँकी रहे पनि उनको पाइला, दिसापिसाब र गतिविधिलाई आधार मानेर निकुञ्जभित्र करिब २० वटा पाटेबाघ हुन सक्ने अनुमान गरिएको हो । 

बाघको गणना गर्दा निकुञ्जमा बाघको बासस्थान पहिचान गर्न १६७ ग्रिड स्थापना गरिएको थियो भने निकुञ्जभित्र ३०० जति स्वचालित क्यामेरा जडान गरिएको थियो । एउटा ग्रिडलाई काम गर्न करिब दुई हप्ताको समय लागेको थियो । 

सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २५० पु¥याउने लक्ष्यसहित ट्रयापिङ क्यामेरा जडान गरी बाघ गणना शुरु गरिएको हो । बाघ गणनाको लागि निकुञ्जमा सात वटा हात्ती, निकुञ्ज कर्मचारी, वन कर्मचारी, वन्यजन्तु प्रविधिज्ञ, नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका बासिन्दालाई परिचालन गरिएको थियो । 

बाघको संख्या वृद्धिका लागि बाघको बासस्थानमा सुधार, आहारा व्यवस्थापन, चोरी शिकारी नियन्त्रण तथा बाघ संरक्षणसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको निकुञ्ज प्रशासनले जनाएको छ । 

सन् २०१० को गणनाअनुसार नेपालमा बाघको संख्या १२० रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान