2026-08-26 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

कटारीमा कृषि उपज केन्द्र सञ्चालनमा आउने

फागुन २२, उदयपुर | अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ । 

कटारी नगरपालिकाको अनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्था, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नौ कठ्ठा जग्गामा रहेका आठवटा भवन हाल प्रयोगविहीन अवस्थामा छन् । केन्द्रका भवनमा स्थानीयवासीले गाईवस्तु बाँध्ने र सुंगुर राख्ने खोरको रुपमा प्रयोग गर्दैआएका छन् । उक्त केन्द्र प्रयोगमा आएपछि कटारी क्षेत्रमा तरकारी भण्डारण गर्न सकिनेछ । 

दमकल सञ्चालनमा 

कटारी नगरपालिकाले दमकल सेवा सञ्चालन गरेको छ । नगरपालिकाले छ महिना अघि दमकल खरिद गरेको हो । नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यस अघि कटारी क्षेत्रमा आगलागी हुँदा लाहानबाट दमकल बगाउनुपर्ने अवस्था थियो । 

जिल्लाका त्रियुगा र चौदण्डी नगरपालिकाले यस अघिनै दमकल सेवा सञ्चालन गरिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग