२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरी: तोकिएको समयमा काम पूरा नगर्ने निकाय कारवाहीमा पर्ने

२०७४, २४ फाल्गुन बिहीबार १२:१३

फागुन २४, सप्तरी | प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगर्ने सम्बन्धित निकाय कारवाहीमा पर्ने बताउनुभएको छ । 

उहाँले आज राजविराजमा पत्रकारसँग कुरा गर्दै तराई–मधेशमा काम नगर्ने, ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्नेलाई बर्खास्त गर्न सकिने बताउनुभयो । विकास निर्माणका दृष्टिले प्रदेश नं २ अत्यन्त पछाडि रहेकाले तीव्ररुपमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै राष्ट्रिय जनता पार्टी नेपाल संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सोनलले केन्द्रीय योजनामा समेत मनपरी ढंगले काम गर्ने छुट कसैलाई नहुने स्पष्ट गर्नुभयो । 

मन्त्री सोनलले केन्द्रीय सरकारको विकास निर्माणको कामलाई निगरानी र खबरदारी गर्ने काम प्रदेशले गर्ने बताउँदै निर्माणसम्बन्धी काम समयमा पूरा नहुनाको मुख्य कारण निर्माण कम्पनीले एकदमै घटाएर काम गर्ने जिम्मा लिने गरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । मुख्यमन्त्रीको कार्यालयलगायत सम्पूर्ण मन्त्रालयमा सूचना डेस्क राखी गतिविधिलाई पारदर्शी बनाउन लागिएको मन्त्री सोनलले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा