१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बन्दकर्ताले २ वटा ट्रक जलाए, बसमाथि तोडफोड हुँदा १४ घाईते

५ भाद्र २०७२, शनिबार ०७:१९

भदौ-५, सप्तरी ।

सप्तरीमा आज छैटौं दिनपनि बन्दकर्ताहरुले बन्द
गराईरहेको छन् । आज (शनिबार) बिहानै सप्तरीको भारदह पोर्ताहा सडक खण्डमा बन्दकर्ताले दुई वटा मालबाहक
ट्रकमा आगजनी गरेका हुन् । त्यसतै उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन् । बसमा सवार १४ जना
यात्रु समेत घाईते भएका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा ५ स्थित सडकमा
ना३ख ७३०० नम्बरको मालबाहक ट्रकमा आगो लगाइदिएको बताईएको छ । आगजनीका कारण ट्रक पूर्णरुपमै क्षतिग्रस्त
भएको छ। उक्त ट्रक पश्चिमबाट पूर्वतर्फ गइरहेको थियो।

त्यस्तै पूर्वतर्फ गइरहेको ना ४ ख ४२६६
नम्बरको यात्रुबाहक बसमा समेत बन्दकर्ताहरुले अन्धाधुन्ध ढुंगामुढा गरेका छन् । यात्रुसमेत रहेको बसमा
ढुंगामुढा गर्दा बस अनियन्त्रित भएर भारदह–१ स्थित सडकमा पल्टिएको थियो ।

यता बन्दका कारण शनिबार
छठौं दिन पनि सप्तरीको जनजीवन ठप्प छ। सदरमुकाम राजविराजसहितका बजारहरु पूर्णरुपमा ठप्प हुँदा
सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीसमेत खरिद गर्न गाह्रो भइरहेको छ।

यातायात, कलकारखाना,
उद्योग व्यवसाय, निजी तथा सरकारी बैंक एवम् वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कर्यालय, शैक्षिक
संस्था पूर्णरुपमा ठप्प हुँदा जनजीवन कष्टकार बन्दै गएको छ। हजारौं बालबालिका पढन पाउने अधिकारवाट
वञ्चित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार