2026-07-09 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बन्दकर्ताले २ वटा ट्रक जलाए, बसमाथि तोडफोड हुँदा १४ घाईते

भदौ-५, सप्तरी ।

सप्तरीमा आज छैटौं दिनपनि बन्दकर्ताहरुले बन्द
गराईरहेको छन् । आज (शनिबार) बिहानै सप्तरीको भारदह पोर्ताहा सडक खण्डमा बन्दकर्ताले दुई वटा मालबाहक
ट्रकमा आगजनी गरेका हुन् । त्यसतै उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन् । बसमा सवार १४ जना
यात्रु समेत घाईते भएका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा ५ स्थित सडकमा
ना३ख ७३०० नम्बरको मालबाहक ट्रकमा आगो लगाइदिएको बताईएको छ । आगजनीका कारण ट्रक पूर्णरुपमै क्षतिग्रस्त
भएको छ। उक्त ट्रक पश्चिमबाट पूर्वतर्फ गइरहेको थियो।

त्यस्तै पूर्वतर्फ गइरहेको ना ४ ख ४२६६
नम्बरको यात्रुबाहक बसमा समेत बन्दकर्ताहरुले अन्धाधुन्ध ढुंगामुढा गरेका छन् । यात्रुसमेत रहेको बसमा
ढुंगामुढा गर्दा बस अनियन्त्रित भएर भारदह–१ स्थित सडकमा पल्टिएको थियो ।

यता बन्दका कारण शनिबार
छठौं दिन पनि सप्तरीको जनजीवन ठप्प छ। सदरमुकाम राजविराजसहितका बजारहरु पूर्णरुपमा ठप्प हुँदा
सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीसमेत खरिद गर्न गाह्रो भइरहेको छ।

यातायात, कलकारखाना,
उद्योग व्यवसाय, निजी तथा सरकारी बैंक एवम् वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कर्यालय, शैक्षिक
संस्था पूर्णरुपमा ठप्प हुँदा जनजीवन कष्टकार बन्दै गएको छ। हजारौं बालबालिका पढन पाउने अधिकारवाट
वञ्चित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो