2026-07-25 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विवाहको १५ दिनमै ज्यान गुमाएकी राधिकोबारे यस्तो खुलासा

प्रेम सुनार | चैत १०, गुल्मी | विवाहको १४ औं दिनसम्म लोभ लाग्दो दाम्पत्य जिवनमा रमाएका थिए उनिहरु । १५ औं दिनको विहानपख   विस्तरामा श्रमिान संग मुस्कुराउँदै उठेकी  उनि केहि वेर पछि घरबाट निस्कन्छिन र त्यही विहानीको मुस्काउन नै उनका श्रीमानका लागि अन्तिम मुस्कान बन्न पुग्छ । 

उनि अर्थात केहि दिन अघि वुटवलको दुर्गा मन्दिर लाईनमा रहेको वुर्तिवाङ्ग होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी १९ वर्षिया  राधिका न्यौपानेको घटना निकै  रहश्यमय बनेको  छ  । 

फागुन १६ गतेका दिन पाल्पाको पुर्वखोला गाउँपालिका वडा नम्वर–२ , जलपाका  ३० वर्षिय झविलाल पाण्डेय संग वुटवलको गोलपार्क माईती घर भएकी न्यौपानेको धुमधाम संग मागी विवाह भएको थियो । उनले उक्त होटलमा आफ्नो वास्तविक नाम ढाँटेर श्रेया नेपाल लेखाएकी छन भने ठेगना पनि ढाँटेर तानसेन नगरपालिका ३ लेखाएकी छन् । 

विवाह भएको दिनदेखि आफुहरुको सम्वन्ध  एकदमै सुमधुर रहेको  र आफुहरु दुवैजना फागुन २९ गते गोलपार्क स्थित ससुरालीमा गएको  पत्नी वियोगको पिडामा रहेका  पाण्डेले बताए । 

उनले भने ‘ उनि र म विहान हाँशी खुशी उठ्यौं , मेरो दिदी वुटवलमै रहेकोले म उहाँलाई भेट्न जान्छु भनेर निस्कीएँ । म हिडेको केहि वेरपछि उनले घरमा बैंकमा जान्छु भनेर बहिर निस्की छन् । 

म दिदीकोबाट साँझ ससुराली मै आएर सोध्धा त्यस्तो खवर पाएँ । अर्को दिन देखि फोन गर्दा कति वेला स्वीचअफ गर्ने त कति वेला केटा मान्छेले उठाउने गर्न थाल्यो ।  चौथो दिन चैत्र ३ गते साँझ एक्कासी वुर्तिवाङ्ग होटलको कोठामा मृत फेला परेको खवरले छाँगाबाट खसे जस्तो भईएको छ । ’

वुटवलबाट किन पुगिन त धरान ? 

बुटवल स्थित एक बैंकमा जान्छु भनेर हिडेकी न्यौपानेको  ब्याडमा चैत्र २ गते विहान साढे पाँच वजे धरानको  बस टिकट काउण्टरबाट  हिड्ने  टिकट फेला परेको प्रहरीले बताएको छ । 

९ सय रुपैयाँ भाडा तिरेकी न्यौपाने धरानको वसपार्कमा वेहोस भएर ढले पछि टिकट काटेर पठाएको बताईएको छ । वुटवलकी मान्छे उनि एक्कासी धरान किन पुगिन ? को कसलाई भेटिन ? भन्ने वारे पनि खोज अनुसन्धानको विषय बनेको छ । 

वुटवल ईलाका प्रहरी कार्यालयका अनुसार शव पोष्मार्टम पछि अनुसन्धानका क्रममा न्यौपानेले प्रयोग गर्दै आएको  फोन  अहिले पनि एक  पुरुषले उठाउने गरेका छन् । सुरुमा ति पुरुषले नेपालगञ्ज छु भनेका थिए । पछि  फोन गर्दा लमही छु भनेको बताईएको छ । 

धरान पुगेकी न्यौपानेको फोन कसरी पश्चिम तर्फ फेला पर्यो  ? वा ति पुरुषले ठेगना गलत भनेका छन् ? यसवारे पनि प्रहरी खोज अनुसन्धानमा रहेको छ  । वुटवल ईलाका प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक भिमलाल भट्टराईले यस घटनावारे अनुसन्धान प्रकृया अगाडी बढाईएको बताए  । 

खुसुक्क किन मेडिकल गईन ? 

पाल्पाकै निस्तेखोला गाउँपालिकाको श्रृष्टि प्राधामिक विद्यालयमा शिक्षक रहेका  उनका श्रीमान पाण्डे  विवाहको १५ दिनमै पत्नी वियोगको पिडा यसरी सुनाउछन्–‘ के गर्ने छोरो मान्छे रुदै हिड्न पनि नहुने, सम्झीँदा भक्कानिन्छ मुटु । परिवार र छिमेकका मानिसहरु समेत शोकाकुल छन् । अनेकन कुरा काट्ने जस्ता कुराहरुले थप पिडा थपेको छ । उनले जे कुराको तनाव थियो त्यो कुरा नढाँटी भनेको भए जस्तो पनि  स्वीकार्य हुन्थ्यो  । उनि धरान पुगेर वा अन्य स्थानमा कुनै पुरुषसंग बसेरै आएको भए पनि म स्वीकार गर्थे उनले त्यसरी ज्यान हाल्न हुँदैन्थ्यो । ’

यस घटना पछि उनले विवाहको ६ दिन पछि राधिकाले आफु र घर परिवार कसैलाई नसोधी घर देखि धेरै तल रहेको वजारमा खुसुक्क मेडिकल खोज्दै किन हिडिन ? भन्ने कुराको स्मरण गरिरहेका छन् । उनले थपे–‘  त्यस दिन विहान मैले उनलाई केहि कुरा सम्झाएँ । हामीले घर पनि बनाउन लागेका छौं , घर बनाउँदा र विवाहको सालभरी सत्रु लाग्छन् भन्छन् । सजग हुनु, घर देखि कतै नजानु, घर बनाउने मान्छे संग पनि नवोल्नु आज तिमी खान पकाउनु भनेर म स्कुल हिडे । म हिडेको केहि वेर पछि उनि घरका  कसैलाई नसोधी हिडि छन् । छिमेकी दाजुले मलाई फोन गरेर भन्नु भयो राधिका तिमीलाई सोधेर हिडेकी हुन् र घर छैनन् नि ? म दङ्ग परेर उनलाई फोन गरेर सोधे ।

म पेट दुखेर जचाउँन आएकी छु भनिन् । म उहि पाईलो उनलाई लि गएँ । त्यहाँबाट तानसेनको एक मेडिकलमा ल्याएर जचाएर औषधी लिएर आईयो । तर अहिले थाह भयो उनले त्यो औषधी नै खएको देखिन्न । यस घटना पछि कुराले पनि मलाई सोच्मग्न बनाएको  छ र केहि आशंका जन्माएको छ । 

वुटवल बहुमुखी क्याम्पसमा प्रथम वर्षमा पढ्दै गरेकी राधिकासंग आफन्त मार्फत उनलाई माग्न जाँदा मात्र पहिलो भेट भएको उनले बताए । उनलाई त्यस अघि देखे चिनेको थिईन् ।

माग्न जाँदा आफुहरु दुई जना विच कुराकानी गर्ने वातवरण मिलाईयो । उनि म संग विवाह गर्न राजी भईन  त्यस लगत्तै  फागुन १६ गते धुमधाम संग विवाह गरिएको थियो । त्यस अघि उनको परिवारलाई समेत मैले चिनेको थिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक