असोज २५, सप्तरी
/ सप्तरीको कञ्चनरुप नगरपालिकामा आज मोटरसाइकल दुर्घटना हुदा एक शाखा अधिकृतको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएका शत्रुधनप्रसाद चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।
घरबाट बा९ब ६३८ नम्बरको मोटरसाइकलमा चढेर आफ्नो कार्यालय सुनसरीको
भन्टाबारीस्थित पशु क्वारेन्टाइन्स कार्यालय जाने क्रममा घरदेखि ५०० मिटर टाढा कच्चीबाटोमा एक्कासि
मोटरसाइकलबाट लडेर चौवन्न वर्षीय चौधरीको मुत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक
मेघराज अधिकारीले बताए।
उनको शव परीक्षणका लागि राजविराजस्थित
गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
मृतक चौधरी सुनसरीको
भन्टाबारीस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख रहेको बताइएको छ।