२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा विकासको संरचना तोडफोड र ‘लुटपाट’ गर्नेहरु नै थप आक्रमक

२०७४, १३ चैत्र मंगलवार १४:२३

प्रेम सुनार | चैत १३, गुल्मी | गुल्मीको विरवासमा केहि दिन यता एउटा टोलवासीले अर्को  छिमेकी टोलवासीलाई आतंकित पार्दै आएका छन् ।   खानेपानी मुहानको विवाद निकाल्दै गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४  विरवासको मिसुगा गाउँवासीले  छिमिकी भट्टेचौर गाउँवासीलाई आतंकित पार्दै आएका हुन् ।

चैत्र ९ गते भट्टेचौरका १७ घरधुरीले साढे ५ लाख भन्दा बढि लागतमा १७ दिन सम्म  जनश्रमदान गरेर बनाएको खानेपानी ट्याङकी  घन गैचीले तोडफोड  गरी  ध्वस्त पार्नुका साथै भट्टेचौरवासीको शव्दमा विछाएको पाईप समेत लुटपाट गरेर लगेका थिए ।

त्यस विरुद्ध  भट्टेचौरवासी क्षतिपुर्ति र शान्ति सुरक्षाको  माग गर्दै हिडेका छन ।  तर  जुन संरचना ध्वस्त पार्ने मिसुगा गाउँवासी विवादलाई शन्तिपुर्ण ढंगले मिलाउने    प्रयासमा जुट्नुको  साटो थप आक्रमक बनेर आफुहरुलाई आतंकित पार्दै आाएको त्यस गाउँका अगुवा देविराम पोखरेलले बताए ।

‘हामी त सानो टोलवासी उनिहरु ८७ घरधुरीले हामी माथी ठुलो अन्याय गरे । सद्भाव पुर्ण ढंगले दुई टोल विचको विवाद मिलाउनुको साटो आज पनि त्यस गाउँको ठुलो समुह वडा कार्यालयमा आई नारावाजी र विभिन्न धम्की दियो’ –पोखरेलले भने–‘ उनिहरुले आफ्नो ढिपी नछाडे पछि वडा कार्यालय सहित वसेको बैठक मैले वहिस्कार गरेर आएँ ।’

 ‘चर्काचर्का नारावाजी  र समाचार लेख्ने पत्रकारहरुलाई समेत गाली गलौज गर्दै थिए  । चर्को स्वर र पाखुराको वलमा्  उनिहरु  जनप्रतिनिधीहरुलाई समेत धम्काउँदै छन  तर हामी शान्तिपुर्ण ढंगले आफुहरु माथी भएको अन्याय विरुद्ध न्याय माग्न सम्वन्धित निकाय धाउँदै छौं’– पोखरेलले भने ।

मिसुगा गाउँवासी  त्यस मुहानबाट भट्टेचौरवासीले ट्याङकी बाँधेर  गाउँ सम्म पानी लैजाँदा त्यस भन्दा   सय  मिटर तल रहेको आफुहरुको पानीको मुहान सुक्ने र आफुहरु काककुल हुने डरले आक्रमक भएका हुन् ।

मिसुगा गाउँका अगुवा थम्मनबहादुर ढेंगा, केयरसिंह ढेंगा , झगबहादुर ढेंगा सहित सिंगो गाउँवासीले आफुहरुलाई वडा कार्यालयले सोध्दै नसोधी एकलौटी ढंगले उक्त मुहानमा भट्टेचौरवासीलाई पानी लैजान दिने निर्णय गरेको आफुहरु कदापी स्वीकार नगर्ने अडानमा छन् ।

यस अघि पनि अर्को गाउँलाई त्यो मुहान दिदा पनि उनिहरु आन्दोलित भएका थिए । त्यस्तो विवादस्पद मुहानको निर्णय जनप्रतिनिधीहरुले गर्दा अलि वृहत छलफल र सहमतिको वानतवरण भने नमिलाएको   देखिन्छ ।

वडाध्यक्ष खुमबहादुर पल्लीले भने प्रतिनिधी मुलक सहमति बनाएको र मिसुगा गाउँलाई यदि पानी नपुगे  उता रोक्का गर्ने निर्णय समेत गरिएको बताउँ छन् ।  त्यस तोडफोड काण्ड अहिले जिल्लाभरी नै निन्दको विषय बनेको छ । जुन सुकै दलका नेता र सरकारी निकायका प्रमुखहरुले नवनिर्मित संरचना भत्काउनु ठुलो कम्जोरी र मुर्खता भएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले त्यो ठुलो कम्जोरी भएको प्रतिकृया दिएका छन् ।  उनले भनेका छन्–‘ यस घटना प्रति जिल्ला प्रशासन गम्भीर छ , जो जसलाई अन्याय परेको भए पनि न्याय दिने विभिन्न निकायहरु छन् , अव त्यो विवाद गाउँपालिका स्तरले मिलाओस भन्दै गाउँपालिका प्रमुखलई भनेको छु यदि त्यहाँ मिलेन भने म प्रमुख जिल्ला अधिकारीको हैसियतले आफ्नो भुमिका निभाउने नै छु ।’

प्राप्त जानकारी अनुसार आज त्यस गाउँपालिका प्रमुख अशोककुमार थापा सहितको टोली त्यस  वडा कार्यालयमा पुगेर विवाद मिलाउने प्रयास गरे पनि अहिले साँझ अवेर सम्म मिलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो