समाजसेवीको रुपमा स्थापि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

समाजसेवीको रुपमा स्थापि"/>

2026-11-02 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

विमान दुर्घटनामा ज्यान गुमाएका रौतहटका अवधेशको परिवारलाई आर्थिक सहयोग

चैत १४, रौतहट। यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तर भएको छ ।

समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनु कुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३ बिनगरा बस्ने अवधेश यादवको परिवारलाई प्रदान गरिएको हो ।

रौतहटका संचारकर्मी, कर्मचारी, युवा, व्यापारी, शिक्षक, राजनीतिककर्मी र संघसंस्थाबाट संकलन गरिएको ४१ हजार ११ रुपैया बिनगर टोल स्थित घरमै पुगेर अवधेशको बृद्ध अपाङ्ग बुवा रास नारायण यादवलाई कबिलासी नपाका मेयर कौशल यादव,स्थानीय प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरिक्षक बिनोद यादव, बागमती नपा १० निवासी क्रिएटिभ युथ क्लबका अध्यक्ष एवं शिक्षक ओमबहादुर कार्की लगायत दर्जनौ स्थानीयबासीहरुको रोहवरमा सहयोग रकम हस्तान्तरण गरेको रिपोर्टस क्लब नेपालका रौतहट जिल्ला अध्यक्ष पटेलले जानकारी दिनुभयो । 

 दुईभाई छोरा मध्यको जेठो छोरा मदन रायको १२ वर्षकै उमेरमा विमारीले गर्दा जनकपुर अस्पतालमा मृत्यु भएको थियो भने पैसाको अभाव भएपछि कान्छो छोरा अवधेश गाउँमै ऋण उठाएर कतार कमाउन गएको थियो । 

तर भनेको काममा नलगाए पछि ४ महिनामै घर फिर्ता आइरहेका अवधेशको त्रिभुवन विमान स्थल काठमाडौमा भएको युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएको थियो । उहाँसँग प्लेनको टिकट समेत खरिद गर्न पैसा नरहेको अवस्थामा सोही ठाउँमा काम गर्ने आफनो सालो सँग सापटी पैसा लिएर घर  फर्किरहनुभएको थियो ।

छोराको मृत्यु पछि बेसहारा भएका अवधेशका बृद्ध अपाङ्ग बुवा सम्पत्तिको नाममा नहरको छेउमा जम्मा १० कठ्ठा जग्गा मात्र रहेको जसमा कुनै वर्ष वाली हुने र कुनै वर्ष त्यतिकै खाली रहने भन्नुभयो । 

छोराको मृत्यु पश्चात अवधेशकी श्रीमती पुनम देवी र ३ महिनाकी अबोध छोरीको लालन पोषणको भार वृद्ध अपाङ्ग बुवा माथि नै आइपरेको छ । ४ महिना बिदेश बस्दा छोराले एकपैसा पनि नपठाए पछि घर चलाउन मुस्किल परेपछि गाउँ मै थप ऋण लिएको रासनारायणले बताए ।

आर्थिक रकम संकलन गर्न राजपा नेपालका केन्द्रीय सदस्य बिबेक कुमार यादव र फोरम नेपालका युवा नेता अरविन्द कुमार यादव लगायतले दिनरात खटेर अभियानलाई सफल बनाएको पत्रकार पटेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द