Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीको ५ नगरपालिका र २ गाउँपालिका खुला दिसामुक्त घोषणा

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १५, राजविराज | सप्तरी जिल्लालाई चैतभित्र खुला दिसामुक्त घोषणा गर्ने उद्देश्यका साथ अहिले जिल्लाको सम्पूर्ण नगरपालिका र गाउँपालिकामा धमाधम खुला दिसामुक्त घोषणा हुने क्रम जारी रहेको छ ।

बुधबार जिल्लाको १८ वटा स्थानीय तहमध्ये पाँच नगरपालिका र दुई गाउँपालिका तथा एक गाउँपालिकाको दुई वडालाई खुला दिसामुक्त एवं पूर्ण खोप युक्त घोषणा गरिएको छ ।

जिल्लाको राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका र खडक नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र बलान विहुल गाउँपालिकाको दुई वटा वडालाई खुला दिसामुक्त घोषणा गरिएको सवल नेपालका कार्यक्रम संयोजक प्रमेश्वर झाले बताउनुभयो ।

घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले चार किल्ला पढ्दै नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्नुभएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य मनिषकुमार सुमन, पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, उपप्रमुख साधना झा, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, प्रहरी प्रमुख मुकेश सिंह, खोनेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र यादवलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सोही घोषणा कार्यक्रममा खुला दिसामुक्त अभियानमा भूमिका निर्वाह गरेको भन्दै जिल्लाका एक दर्जन बढी सञ्चारकर्मीलगायत अन्य क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।

यसैगरी जिल्लाको हनुमानगर कंकालिनी नगरपालिकालाई जिल्ला रेडक्रश सोसाइटीका अध्यक्ष जोगेन्द्र भगतले खुला दिसामुक्त घोषणा गर्नुभयो । डाक्नेश्वरी नगरपालिकालाई प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले एक समाहरोका बीच खुला दिसामुक्त घोषणा गर्नुभयो ।

बोदेबसाईन नगरपालिकालाई राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव तथा खडक नगरपालिकालाई प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले खुला दिसामुक्त घोषणा गर्नुभयो ।

त्यस्तै विष्णुपुर गाउँपालिकालाई प्रदेशसभा सदस्य मो समिम तथा तिलाठी कोइलाडी गाउँपालिकालाई जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादवले खुला दिसामुक्त घोषण गर्नुभएको सवल नेपालका कार्यक्रम संयोजक झाले जानकारी दिनुभयो ।

अब सप्तरी जिल्ला नै खुला दिसामुक्त घोषण हुन १८ वटा स्थानीय तहमध्ये तिरुहत गाउँपालिका र बेल्ही चपेना गाउँपालिका मात्र रहेको सवल नेपालले जनाएको छ । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । जसमध्ये नौवटै नगरपालिका र सात वटा गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषण भइसकेको बताइएको छ ।

यसैबीच दुई गाउँपालिका घोषणा भएपछि चैत महिनाभित्र सप्तरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको अर्का सवल नेपालका समाजिक परिचालक शुभनारायण यादवले जानकारी दिनुभयो । रासस