१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बोक्सीको आरोपमा एक पुरुषलाई मलमूत्र खुवाउने चार जना पक्राउ

२३ भाद्र २०७२, बुधबार ०३:०९

भदौ २३, लाहान / बोक्सीको आरोपमा स्थानीय एक पुरुषलाई मानव मलमूत्र खुवाएको
भन्दै प्रहरीले सिरहाको डाढा गाविसबाट चार जनालाई पक्राउ गरेको छ।

स्थानीय रामसुफल यादवलाई
बोक्सी भन्दै मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले डाढा गाविस–९ निवासी महावीर सहनी, राकेश सहनी,
ईन्दुदेवी सहनी र जनकदुलारी सहनीलाई पक्राउ गरेको छ ।

सोहि घटनामा संलग्न रहेको आरोप लागेका अन्य
दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले
बताए।

बोक्सी भन्दै मानव मलमूत्र खुवाइएका रामसुफल यादवको लहानस्थित अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ।

अज्ञात रोगका कारण थलिएका डाढा गाविस–९ का राजेन्द्र सहनीको १४ वर्षीय छोरा
सुन्दर सहनीको अज्ञात रोगका कारण गत असार २५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
उपचारको क्रममा मृत्यु भएको थियो ।

सहनीको मृत्यु भएपछि उनका आफन्तले झाँक्रीको काम गर्दै आएका
रामसुफल यादवले नै टुनामुना ९बोक्सी० गरी मारेको भन्दै उनलाई मानव मलमूत्र खुवाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली