Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरी खुला दिसामुक्त तथा पूर्णखोप जिल्ला

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, राजविराज | सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरणपश्चात् सदरमुकाम राजविराजमा आज आयोजित एक समारोहमा जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ ।

प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सप्तरी जिल्लाको चारकिल्ला प्रमाणित गरी खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गर्नुभयो ।

योसँगै सप्तरी प्रदेश नं २ को दोस्रो तथा नेपालको ४९औँ खुला दिसामुक्त जिल्ला घोषित भएको छ । घोषणासभामा प्रमुख अतिथिका रुपमा सहभागी भएका मन्त्री सोनलले खुला दिसामुक्त घोषणासँगै सप्तरीको विकास निर्माण र पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खुला दिसामुक्त र पूर्णखोप सुनिश्चत जिल्ला घोषणा भएकामा सप्तरीवासीलाई धन्यवाद दिँदै मन्त्री सोनलले नियमित अनुगमन गरी कार्यान्वयनमा कडाइ गर्न सम्बद्घ निकायलाई सुझाव दिनुभयो ।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा स्थानीय रंगशालामा आयोजित समारोहमा विभिन्न जातजातीको वेशभूषामा कलासंस्कृति झल्किने झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।

जिल्लाका कूल एक लाख १९ हजार ६८२ घर धुरीमै चर्पी निर्माण तथा जिल्लाका सबै लक्षित बालबालिकालाई खोप दिइसकिएको अनुगमनपछि प्रमाणित भएकाले खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खानेपानी तथा सरसफाइ समितिका सदस्य सचिव लोकेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

घोषणासभामा खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित अभियानमा सहयोग पुर्याएबापत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । रासस