Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीको एक बालक चार महिनादेखि बेपत्ता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, राजविराज | विगत चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् ।

राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताउनुभयो । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कूलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी दिइए पनि हालसम्म खोजी गर्न नसकेको पारिवारिक स्रोतले गुनासो गरेका छन् ।

मंसिर महिना विवाह पञ्चमीका दिन स्कूलमा बिदा भएपछि राजविराज नगरपालिका–१ डुम्बरिशिवथान दिदी कहाँ जान्छु भने हिँडेका मिथिलेश राजविराजबाटै बेपत्ता भएका थिए । बेपत्ता यादवको अझै पता लाग्न नसकेको र उनको खोजी कार्य जारी नै रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । रासस