२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

करेन्ट लागेर महिलाको मृत्यु

२०७४, २५ चैत्र आईतवार ०४:३०

चैत २५, राजविराज | सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । 

मुटु शिविर 

यसैगरी सगरमाथा महेश्वरी युवा मञ्च तथा राजविराज नगरपालिका वडा नं ७ को आयोजनामा शनिबार यहाँ एकदिने निःशुल्क मुटु शिविरको आयोजना गरिएको छ । 

नोबेल अस्पतालका मुटु रोग विशेषज्ञ डा राजेश नेपालको नेतृत्वको टोलीले राजविराजमा निःशुल्क उपचार गरेको बताइएको छ । 

उक्त शिविरमा राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न ठाउँका ९७ जनाले मुटु जाँच तथा इसिजी गराएको सगरमाथा महेश्वरी युवा मञ्चका महासचिव होमेश कावराले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते