Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

शैक्षिक सामग्री तर्फ रेसुङ्गा मावि र सांगेतिक तर्फ शिद्धबाबा प्रथम

२०७४, २५ चैत्र आईतवार ११:५०

प्रेम सुनार/चैत्र २५ गुल्मी । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको नगरभित्रका  माबि स्तरिय प्रतिभा पहिचान कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको उत्कृष्ट प्रतिभाहरु प्रस्फुटन भएका छन् । नगरपालिका भित्रका १९ वटा विद्यालयका झण्डै सय जना प्रतिभाहरुले शैक्षिक सामग्री सहित आ–आफ्ना प्रतिभावहरु प्रस्फुटन गरेका थिए । शैक्षिक सामग्री  प्रदर्शनी तर्फ रेसुङ्गा मावि प्रथम भएको छ । शिद्धबाबा मावि द्धृतिय र रिडर्श पव्लिक हाई स्कुल तृतिय भएको छ ।

सांगितक  प्रतियोगिता तर्फ शिद्धबाबा प्रथम भएको छ । त्यस विद्यालकी कक्षा १२ की छात्रा गंगा बस्नेतले नृत्यमा प्रथम पुरस्कार हात पारेकी हुन् । रिडर्श पव्लिक हाई स्कुल दृतिय भएको छ । त्यस विद्यालय कक्षा १० की छात्रा पुष्पाञ्जली देवानी र ८ वर्षिया छात्रा निस्मा भलामीले उत्कृष्ट नृत्य पस्केर उक्त पुरस्कार हाता पार्न सफल भएका थिए । 

रेसुङ्गा मावि तृतिय भएको छ ।  त्यस विद्यालयकी छात्रा कल्पना सुनारले उक्त पुरस्कार विद्यालयलाई दिलाउन सफल भएकी हुन् ।   नृत्यका अलवा गायन , वाद्यवाधन , गीत , क्यारीकेचरमा समेत प्रतियोगितामा समावेस गरिएको थियो । नगरपालिकाको शैक्षिक सुधार गर्ने नगरपालिकाको अभियान अन्तरगत शिक्षकहरुको क्षमता अभिवृद्धि र विद्यार्थीहरुको पनि   अतिरिक्त कृयाक्लावको  पनि विकास गर्नु जरुरी भएकोले यस्ता कार्यक्रमहरु गर्न सुरु गरिएको मेयर डिल्लीराज भुसालले बताए ।

उनले शैक्षक सामग्री अवलोकन पछि सन्तोष व्यक्त गरेका थिए । त्यस्तै सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले गुरुकुल शिक्षाबाट सुरु भएको नेपालीहरुको शैक्षिक यात्रा अहिले विज्ञान र प्रविधी सम्म आई पुगेकोले हिजो गुरुकुल शिक्षा आर्जन गरेर यहाँ सम्म आई पुग्नु हुने शिक्षकहरु समेत अहिलेको प्रविधी र शिक्षण विधीमा क्षमता अभिवृद्धि गर्न जरुरी भएको धारणा राखेका थिए ।  प्रतियोगिताको निर्णय मण्डवको संयोजन राष्ट्रिय कलाकार नारायण विपी परियारले गरेका थिए । 

कार्यक्रममा वडाध्यक्ष एवं त्यस नगरपालिका मानव संसाधन विकास समितिका संयोजक थम्मन केसीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता र  विद्यालय निरीक्षक पिताम्वर पन्थीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शिद्धबाबाका प्रधानध्यापक डोरविक्रम श्रीस्, रेसुङ्गा माविका प्रधानध्यापक प्रेमनारायण भण्डारी  लगातका सरोकारवालकाको आतिथ्यता रहेको थियो ।

रेसुङ्गा नगरपालिका सामाजिक विकास समितिका संयोजक पदमप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अगुवा श्रोत केन्द्र तम्घासका श्रोत व्यक्ति ताराबहादुर राउतले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको संयोजन शिद्धवावाका विद्यार्थी कमल काउछाले गरेका थिए ।  अतिथी गण संग तस्वीर खिचाउँदै प्रथम पुरस्कार विजेता शिद्धबावाकी गंगा बस्नेत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ