Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रम्बा लोक दोहरीको उपाधी रेसुङ्गा नगरपालिकालाई

२०७४, २६ चैत्र सोमबार १२:०१

प्रेम सुनार/चैत्र–२६ गुल्मी। तेश्रो गुल्मी महोत्सवको अवसरमा  पोखरा नुडल्स प्रालिले आयोजना गरेको प्रथम स्थानिय तह रम्बा दोहरी गीत प्रतियोगिताको उपाधी रेसुङ्गा नगरपालिकाले हाता पार्न सफल भएको छ ।

महोत्सव मुल समारोह समिति सांस्कृति विभाग प्रमुख अनुपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाका ६ वटा  स्थानिय तह विच भएको प्रतियोगितामा रेसुङ्गा नगरपालिका प्रथम भएको छ ।


मुसिकोट नगरपालिका द्धृतिय र गुल्मी दरवार गाउँपालिका तृतिय भएको छ । श्रेष्ठका अनुसार आयोजक संस्था पोखरा नुडल्स प्रालिले उत्पादन गरेको रम्बा तयारी चाउचाउको तर्फबाट  प्रथमलाई ३० हजार , द्धृतियलाई २० हजार र १५ हजार नगद पुरस्कार शौजन्य गरेको थियो ।

त्यसमा  हाल काठमाण्डौंमा वसोवास गर्ने  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ४ अर्खलेका खुमानन्द गौतमले बाँकी रकम थप गरी विजेतालाई क्रमशः ५५ हजार , ४५ हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

प्रथम स्थानिय तहको दोहरी गीत प्रतियोगिता महोत्सवभर मुख्य कलाकार पछिको आकर्षणको केन्द्र बन्यो । वालक देखि बृद्ध सम्मले अन्तिम सम्म कुरेर हेरेका थिए ।

गुल्मीका वरिष्ठ लोक गायक तथा उद्घोषक लक्ष्मण खड्का निर्णायक मण्डमको संयोजक रहेको प्रतियोगिताको नतिजा घोषणा गर्दै खड्काले भने–‘ सहभागि सवै कलाकारको प्रस्तुति उत्तिकै चोटीलो  थियो तर पनि नम्वरिङ्गका आधारमा छुट्टाउनै पर्ने भएकोले  अन्य समुहले अन्यथा नलिई दिनु हुन अनुरोध गर्दछु । ’

विजेता  प्रथम समुहबाट कलाकारहरु विक्रमवावु बिश्वकर्मा , भिम नेपाली , विजय परियार, लक्ष्मी बस्नेत , सविता परियार  रहेका थिए । दृतिय समुहबाट उज्वल गिरी, नन्दु परियार , पवित्रा सर्तुङ्गे , विष्णु  श्रीपालीले दर्शक श्रोताको ताली बटोर्ने गरी दोहरी गाएका थिए ।

त्यस्तै तेश्रो समुहका नारायण विपी परियार , कमल कार्की , कमल कँडेल , आशा बिक र माया थापाको दोहरी पनि कम चोटीलो थिएन । अन्य कलाकारको तुलनामा आशा बिकको दोहरी आक्रमर्ण र लय उठान मन छुने खालको भएको दर्शक श्रोताले प्रतिकृया दिएका थिए ।

विजेतालाई आज अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता  तथा पुर्व  उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ