Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोटरसाइकलमा आगजनी गर्ने एकजना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २०, लहान/ मोटरसाइकलमा आगजनी गरेको आरोपमा हीजो साँझ प्रहरीले एक
युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ निवासी २६ वर्षीय अजयकुमार यादव
रहेका छन्।

सिरहाको इटहरवा–५ स्थित लहान–ठाडी भित्री सडकखण्डमा
गत शुक्रबार यादवसहितको तीन(चारजनाको समूहले सप्तरीको हरिपुर–१ निवासी ३० वर्षीय श्रीराम साहको ज६प ५६८९
नंको मोटरसाइकलमा आगजनी गरेका थिए।

ग्यास सिलिन्डर लोड गरी
ल्याउँदै गरेको अवस्थामा कालोबजारी गरेको भन्दै आगजनी गर्दा मोटरसाइकल पूर्णरूपमा जलेको थियो।

फरार अन्य व्यक्तिको भने खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका
प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।