2026-10-28 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हिंश्रक जेठाजुबाट बुहारीलाई बचाउन नसकेपछि बन्धक बनाईयो

प्रेम सुनार | चैत २९, गुल्मी | छिमेकी जिल्ला अर्घाखाँचीमा  एक जना हिंश्रक पुरुषलाई गत चार दिन देखि कोठामा थुनेर बन्धक बनाईएको छ ।  निज जेठाजुले भाई वुहारीलाई रातदिन आक्रमण गर्न थालेको र प्रहरी प्रशासनबाट पनि सुरक्षा नदिएको भन्दै त्यहाँका महिलाहरुले  बुहारीको ज्युधनको रक्षाका लागि  ति जेठाजुलाई गत चार दिनदेखि  कोठामा थुनेको बताए ।

मालारानी गाउँपालिका वडा नम्वर ४ , साविकको खनदह गाविसको बडाचौर निवासी चन्द्रबहादुर खनालले दैनिक जसो आफ्नी भाई बुहारी उमा खनाललाई आक्रमण गर्दै आएपछि स्थानिय महिला सञ्चाल जुटेर निज जेठाजुलाई उनकै घरको कोठामा थुनेर बन्धक बनाएका हुन  ।

केहि महिना अघि वुहारीको रकम र जिन्सी  चोर्ने, जलाईदिने  गरेको विरुद्ध जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा  उजुरी दिए पनि नि माथी सामन्य तारिखमा राखिए पनि कार्वाही नगरी छाडिदिएपछि निज जेठाजुले गाउँभरी नै आतंक मच्चाएको स्थानिय महिला सञ्जालले बताए ।

पिडित भाई वुहारीरुँदै भन्छिन्–‘मैले प्रहरी प्रसा सनबाट पनि न्याय पाउन सकिन , मेरो अस्मीता समेत असुरक्षित हुने देखेर महिला सञ्जाल संग गुहार मागेकी  हुँ ।  उहाँहरुले उनकै घरमा थुनेर बचेकी छु । श्रीमान भारतमा काम गर्ने र अहिले विरामी परेर काठमाण्डौं उपचार गर्दै हुनुहुन्छ ।

जेठाजु ६३  वर्ष उमेरका छन् तर ब्यहोरा राम्रो छैन् । अस्लील शव्द बोल्ने, भाईलाई म तेरी  श्रीमतिसँग बस्छु भन्ने, म आफैलाई पनि सुत्न आईज भन्ने जस्ता अस्लील कुरा गर्छन् । म छुट्टिएर बसेकी छु । म  यति धेरै अशुरक्षित हुँदा पनि प्रहरीबाट सुरक्षा पाईन ।

जेठाजुले उनकै घरमा पनि श्रीमति र परिवारका अन्य सदस्यलाई भागाभाग पार्छन । पानी तताएर अरुको शरिरमा खनाउन खोज्ने , अरुलाई हान्न घर दलान भरी ढुङ्गा थुपारेर राख्ने, हसिया, कोदालो बञ्चरो प्रयोग गर्ने गर्दछन् ।

म मात्र होईन स्थानिय महिलाहरु पनि बाटो-घाटोमा असुरक्षित हुने भएपछि थुनेर राखेका हुन् । जेठाजुले मेरो घर समेत विगार्न आँटेको छ, म कहाँ गएर वसुँ सर ? भन्दै उनले डाँको छाडिन् ।  स्थानिय महिला सञ्जालकी सदस्य कमला बिकले  ति जेठाजुलाई दिमागी समस्या नभएको तर प्रवृद्धि त्यस्तै देखाउँदै आएको बताउँछिन् ।

हामी यहाँका महिलाहरु असरक्षि भयौं  ढोकाबाट निस्कीयो कि ढुङ्गा हान्दै र जथाभावी फलाक्दै हिड्छ उनले भनिन तपाई छिट्टै आई दिनु पर्यो ।  स्थानिय महिलाहरुले दिमागी समस्या ठिक भएको, श्रृगिएर त्यस्तो आतंक मच्चाएको बताए पनि  पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईरालाले निजमा अलिकति दिमागी समस्या हो कि जस्तो लागेको  बताए ।

‘कसैका वाख्रा चोर्ने त कसैको अरु विठ्याँई गर्ने जस्ता कृयाकलाप गरेपछि निजलाई नियन्त्रणमा पनि लिएको हो । पछि अस्पताल लगियो , त्यहाँबाट  वुटवल रिफर गरिएको हो । डाक्टरले पनि मानिसिक विमारी भनेर नलेखे पछि हामीले केहि बोल्न मिलेन उनले भने–‘यदि त्यहाँका महिलाहरु त्यसरी असुरक्षित भएकै भए मैले त्यहाँ गस्ती बढाउन लगाउँ छु भर्खरै ।’

यो समाचार लेख्दा-लेख्दै फेरी फोन गरेर डिएसपी कोईरालाले भने ‘मैले खनको ईन्सपेक्टरलाई  त्यहाँ खटाई सकेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला