२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा शंकास्पद अवस्थामा महिलाको शव फेला

२०७५, ४ बैशाख मंगलवार ०७:५२

वैशाख ४ रौतहट | यहाँ एक महिलाको गए राति शंकास्पद मृत्यु भएको छ । 

कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुकेश चौरसियाकी श्रीमती २५ वर्र्षीया सीमादेवीको शव घरभन्दा करीब २०० मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ । 

उनको मृत्युको कारण खुल्न नसके पनि घटना अति नै शंकास्पद रहेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्नुभएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । 

थप अनुसन्धान तथा सोधपुछका लागि सीमाकी सासू रम्भादेवीलाई नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । 

मुकेश पछिलो चार महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको पीडित परिवारले जनाएको छ ।

सीमाका घरमा सासू र एक दृष्टिविहीन ससुरा छन् । 

बिहान एक छिमेकीले आएर सीमा घर छेउका खेतमा मृतावस्थामा रहेको बताएपछि जानकारी भएको मृतककी सासू रम्भादेवीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले शव परीक्षणको प्रतिवेदन नआएसम्म केही बताउन नसकिने बताउनुभयो । सीमाको तीन वर्षअघि बिहे भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने