2026-08-26 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नयाँ वर्षको अवसरमा पाँचथरमा चौँरी महोत्सव सम्पन्न

वैशाख ४ पाँचथर | नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । 

महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर्न लागेको चौँरीपालन पेशाको संरक्षण संवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । फालेलुङ–४ चाररातेमा आयोजित महोत्सवमा सन्दकपुरदेखि चिवाभञ्ज्याङ क्षेत्रबाट २०० भन्दा बढी चौँरी प्रदर्शनीका लागि ल्याइएको थियो । 

युवा पलायन हुन थालेको र पुस्तौँदेखि गर्दै आएको चौँरीपालन पेशा युवा पुस्ताले सम्हाल्न नसक्दा चौँरी लोप हुन लागेका कारण महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष डिल्ली केरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “चरिचरन क्षेत्रको अभावमा चौँरी र चौँरी गोठ लोप हुन लागेका छन्, चौँरीको संरक्षण गर्न तथा उत्पादनको बजार खोज्न महोत्सवको आयोजना गरिएको हो ।” 

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित चाररातेमा आयोजित महोत्सव फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन विकास समितिले आयोजना गरेको हो । महोत्सवबाट नेपाल, भारत र भुटानको उच्च पहाडी क्षेत्र तथा चौँरीपालन व्यवसायमा रहेको सम्बन्धलाई प्रगाढ बनाउनसमेत मद्दत पुग्ने आयोजकले जनाएको छ । महोत्सवस्थलमा चौँरी लिएर आएका किसानले भारतको सिक्किम र पश्चिम बंगाल राज्यले आफ्नो भूमिमा चौँरी चराउन प्रतिबन्ध लगाएपछि चौँरीपालन व्यवसाय संकटमा पर्न थालेको गुनासो गरेका छन् । 

नेपालको पूर्व–पश्चिम दार्चुला, डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लम्जुङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङा र रसुवाको हिमाली क्षेत्र चौँरीको पकेट क्षेत्र हो । नेपालमा चौँरीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको हुँदा यसको संरक्षण गर्न थालिएको छ । विगतमा भन्दा ६० देखि ७० प्रतिशतले चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसान बताउँछन् । युवा विदेश पलायन हुने र आफ्ना बाबु बाजेले अंगालेको पेशा युवा पुस्ताले अंगाल्न नसक्दा चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसानको भनाइ छ । 

पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा, वा पहाडी गोरुसँग नाक गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । यो याक वा नाकभन्दा फरक प्रकृतिको जनावर हो । याक वा नाकलाई पनि चौँरीभन्दा उच्च प्रजातिमै समावेश गरिन्छ । पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी जोलाङ गोरुसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । याक र पहाडी गाई (किर्खो) बाट जन्मने चौँरीलाई ‘उराङ’ वा ‘झोप्क्यो’ र पहाडी जोलाङ गोरुसँग नाकको संसर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो’ वा ‘झोप्क्यो’ भनिन्छ । 

नेपालमा उत्पादन हुने चौँरीगाईका याक चिज, छुर्पी, दुर्खा, घ्यू, मखन र पनिर कोशेलीका रुपमा देश तथा विदेशमा लैजाने गरेको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग